default_image

4 years ago

November 8, 2019

सहज जित निकाल्दै म्यानचेस्टर नकआउट चरणमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले सर्वियन क्लब पार्टीजान बेलग्रेडमाथि ३–० को सहज जित हात पार्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले गोल गरे । […]

33 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले सर्वियन क्लब पार्टीजान बेलग्रेडमाथि ३–० को सहज जित हात पार्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले गोल गरे । खेलको २२औं मिनेटमा ग्रीनवुडले युनाइटेडको गोलको खाता खोलेका थिए । उनले रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । ३३औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले अघि बढ्यो ।

४९औं मिनेटमा एस्ले योङको पासमा रासफोर्डले गोल गरेपछि युनाइटेडले खेलमा ३–० को आरादायी अग्रता बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी रहन सफल भयो ।

जितसँगै युनाइटेडले समूह ‘एल’ मा ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ । युनाइटेडले अब समुह चरणमा एस्ताना र एजे अल्कामारसँग खेल्न बाँकी छ । यि दुवै खेलमा पराजित भएपनि युनाइटेडलाई कुनै फरक पर्ने छैन । परााजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा एजे अल्कामारले एफसी एस्तानालाई उसकै मैदानमा ५–० को फराकिलो जित निकाल्दै युरोपाल लिगको नकआउट चराण्मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूहमा बाँकी दुई मध्ये एक खेलमा जित हात पारेपनि अल्कामार युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्नेछ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.