default_image

4 years ago

November 8, 2019

इस्पान्योलको आधादर्जन गोल

एजेन्सी – स्पेनिस क्लब इस्पान्योलले युरोपा लिगमा बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा इस्पान्योलले लुडोगोरेट्समाथि ६–० को शानदार जित हात पारेको हो । १० खेलाडीमा समेटिएको लुडोगोरेट्सविरुद्ध इस्पान्योलको आर्धादजर्न गोलमा ६ खेलाडीले गोल गरे । ओस्कार मेलेन्दो, लुइस लोपेज, माटियस भर्गास, भिक्टर, एडरिया पेडरोसा र फकुन्डो फेरेराले गोल गरे । […]

25 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब इस्पान्योलले युरोपा लिगमा बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा इस्पान्योलले लुडोगोरेट्समाथि ६–० को शानदार जित हात पारेको हो ।

१० खेलाडीमा समेटिएको लुडोगोरेट्सविरुद्ध इस्पान्योलको आर्धादजर्न गोलमा ६ खेलाडीले गोल गरे । ओस्कार मेलेन्दो, लुइस लोपेज, माटियस भर्गास, भिक्टर, एडरिया पेडरोसा र फकुन्डो फेरेराले गोल गरे । दुवै हाफमा समान ३–३ गोल सम्भव भएको थियो । खेलको चौथो मिनेटमा ओस्कार मेलन्दोले गोलको खाता खोलेका थिए । त्यसपछि १२औं मिनेटमा राफयल फोर्सटर सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि इस्पान्योलले त्यसको फाइदा उठाउदै थप ५ गोल गर्न सकफल भएको थियो ।

फराकिलो जितसँगै इस्पान्योलले समूह समूह ‘एच’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लुडोगोरेट्स समान खेलबाटै ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा हंगेरियन क्लब फेरेन्कभारोस र रसियन क्लब सिएसकेए मस्कोले गोलरहित बराबरी खेल्दै अंक बाँडे । मस्कोले छनोटमा पहिलो अंक जोडेको हो । फेरेन्कभारोसको ५ अंक छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.