default_image

4 years ago

November 9, 2019

कप्तान सुजल !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीले एएफसी सोलिडारिटी कप जितेको अर्को साता ३ वर्ष पुरा हुँदैछ । २०१६ नोभम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीको औपचारिक प्रतियोगिता जितेको थियो । मकाउविरुद्धको फाइनलका नायक थिए, मिडफिल्डर सुजल श्रेष्ठ । उनले २९ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो […]

82 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय फुटबल टोलीले एएफसी सोलिडारिटी कप जितेको अर्को साता ३ वर्ष पुरा हुँदैछ । २०१६ नोभम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीको औपचारिक प्रतियोगिता जितेको थियो ।

मकाउविरुद्धको फाइनलका नायक थिए, मिडफिल्डर सुजल श्रेष्ठ । उनले २९ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । चोटका कारण त्यसअघि बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप र भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जित्दा त्यो मौका गुमाएका सुजलका लागि खेल जीवनमा सिलिडारिटी कप प्रतियोगिता अर्थपूर्ण रह्यो ।

सोलिडारिटी कपले उनलाई फेरि टोलीको नियमित सदस्यका रुपमा फर्कन मद्दत गर्यो । ‘त्यो मेरो खेल जीवनकै सबैभन्दा अविष्मरणिय क्षण थियो,’ सुजलले स्मरण गरे,‘ म त खुसी हुनेनै भए । मेरो परिवार पनि त्यो सफलतामा निकै खुसी थियो । फुटबल खेलेर मैले परिवारलाई खुसी पार्न सकेको क्षण त्यहि थियो । त्यसैले जीवन रहेसम्म त्यो क्षण भुल्न सकिन्न ।’

sujal

सुजलको खेल जीवनमा बिहीबार अर्को महत्वपूर्ण क्षण बन्यो । म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलमा उनले नेपाली टोलीको कप्तानी गरे । विश्व फुटबल महासंघ (फिफा) को मान्यता पाएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको ‘क्याप’ काउन्ट हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यसअर्थ त्यो सुजलले राष्ट्रिय टोलीलाई कप्तानी गरेको पहिलो खेल थियो । यद्दपी उनले कप्तानी गरेको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

‘सोचे जस्तो खेल्नै सकेनौं । कोही एक जनाले मात्र होइन पुरै टोलीले नै सोचे अनुसार गर्न सकेनौं, म्यानमारसँगको खेलका बारेमा उनले भने,‘ सम्हालिन नपाउँदै तेस्रो मिनेटमा गोल खायौं । त्यसपछि दबाबमा पर्नु स्वभाविक थियो । दोस्रो हाफमा केहि सुधार त भयो तर फेरि अर्को गोल खायौं । हाम्रो प्रदर्शन सन्तोषजनक भएन ।’

यसअघि सुजलले मलेसियाको क्लबविरुद्ध र यसै महिना म्यानमारको यू २३ विरुद्धको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोलीको कप्तानी गरेका थिए । तर, त्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल थिएन । विश्वकप छनोटको पछिल्ला ४ खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानको जिम्मेवारी निर्वाह गरेका थिए ।

विश्वकप छनोटमा नियमित कप्तान विराज महर्जन टोलीमा पर्न असफल हुनु र उनका समकालिन भरत खवास सेनाको तालिमका लागि थाइल्यान्डमा रहेका कारण किरणले कप्तानको जिम्मेवारी पाएका थिए । तर, म्यानमार भ्रमणमा किरण नभएपछि र ६ महिना भन्दा लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका भरत पहिलो रोजाईमा नपरेका कारण सुजलले टोलीको नेतृत्व गर्ने अवसर पाएका थिए ।

यद्दपी उनी आफैंले भने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो कप्तानी भन्ने पछि मात्रै थाहा पाए । ‘ फुटबलका माध्यमबाट देशलाई प्रतिनिधित्व गर्नु आफैमा ठूलो कुरा हो,’ उनले भने,‘त्यसमाथि अन्तर्राष्ट्रिय खेलमा आफ्नो कप्तानीमा राष्ट्रिय टोली उत्रर्नु गर्वको विषय हो । खेल जीवनमा यहाँ
सम्मको यात्रा तय गरौंला भन्ने कहिल्यै सोचेको थिइन । यहाँ सम्म आइपुग्दा खुसीको बेग्लै अनुभुती हुन्छ,’ सुजलले हाम्रो खेलकुदसँग भने ।

सन् २०११ मा पोखरामा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका धनकुटा नगरपालिका ७ का सुजल एन्फा एकेडेमीका उत्पादन हुन् । उनी रोहित चन्द, नीराजन मल्ल लगायत खेलाडीको ब्याचका हुन् । सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका समेत कप्तान रहेका सुजलले मंसिर ३ गते विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध हुने खेल दशरथ रंगशालमा नहुने निर्णयले खिन्न बनाएको बताए ।

‘लामो समयपछि घरेलु मैदानमा फुटबल खेल्ने टोलीमा कस्तो उत्साह थियो,’ उनले दुःख पोखे,‘ तर नहुने खबरले दुःखी भएका छौं । रंगशालाको मापदण्ड नपुगेका कारण हामीले आफ्नो मैदानमा खेल्न नपाउने परिस्थिति बन्नु यो साच्चै हाम्रो सरकार र हाम्रा लागि लाजमर्दो विषय हो ।’ अर्को महिना स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टोलीमा अहिले सम्म सिनियर खेलाडीका रुपमा सुजल पनि टोलीमा छन् ।

यू २३ ले साग खेल्ने भएपनि सिनियर ३ खेलाडी बढी उमेरका राख्न पाउने प्रावधान छ । त्यसमा सुजलसहित रोहित, विक्रम लामा, नवयुग श्रेष्ठ र किरण छन् । यी ५ मध्येबाट ३ खेलाडी सागका लागि छनोट हुने सम्भावना छ । सागको साविक विजेता हुनुको नाता र घरेलु मैदान भएको कारणले उपाधिको रक्षाका लागि टोली उत्साहित रहेको उनले बताएका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.