default_image

4 years ago

November 8, 2019

आर्मी हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा

हिमाल खरेल, झापा ए डिभिजन टोली त्रिभुवन आर्मी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल आमन्त्रण गोल्डकपको फाइनलमा पुगेको छ । भारतको सिक्किम आक्रमण एफसीलाई शुक्रबार टाइब्रेकरमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । ८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा आर्मीले ४–३ ले बाजी मारेको हो । विर्तामोडको डोमालाल राजवंशी रंगशाला भएको खेलको टाइब्रेकरमा सिक्किमका विरेन प्रधान, मनोज […]

31 views

0 Bookmark

हिमाल खरेल, झापा

ए डिभिजन टोली त्रिभुवन आर्मी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल आमन्त्रण गोल्डकपको फाइनलमा पुगेको छ । भारतको सिक्किम आक्रमण एफसीलाई शुक्रबार टाइब्रेकरमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

८० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा आर्मीले ४–३ ले बाजी मारेको हो । विर्तामोडको डोमालाल राजवंशी रंगशाला भएको खेलको टाइब्रेकरमा सिक्किमका विरेन प्रधान, मनोज काच्वा र करण राईले मात्र गोल गरेका थिए । एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले रोके । त्यस्तै विकास क्षेत्रीको प्रहार भने बारमा लागेर फर्केको थियो ।

आर्मीका लागि दीपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे । कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले रोके । झापाली दर्शकको समर्थन पाएको सिक्किमका खेलाडीले थुप्रै अवसर खेर फाले । आर्मीको पटक पटको प्रयासलाई पनि सिक्किमका गोलकिपर मनोजले सफल हुन दिएनन् ।

आर्मी भरत खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, जज प्रिन्स कार्की विना मैदानमा उत्रेको थियो । भरत, नवयुग, सुमन मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीसँग म्यानमारमा थिए । त्यस्तै जर्ज भने सेनाको प्रशिक्षणका लागि बंगलादेशमा छन् ।

खेलको म्यान अफ दी म्याच चुनिएका आर्मीका गोलकिपर विवशले १० हजार रुपैयाँ पाए । दोस्रो सेमिफाइनल शनिबार अर्को ए डिभिजन विभागिय टोली नेपाल पुलिस क्ल्ब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख ५० हजार दोस्रो हुने टोलीले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.