default_image

4 years ago

November 8, 2019

यू १९ छनोटमा नेपालको अर्को लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो खेलमा पनि लज्जास्पद हार व्यहोरेको छ । आफ्नो दोस्रो खेलमा नेपाली युवा टोली शुक्रबार इरानसँग ४–० ले पराजित भएको छ । छनोटको आफ्नो पहिलो खेलमा पनि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० ले पराजित भएको थियो । आज पहिलो हाफ गोलरहित बराबरीमा […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो खेलमा पनि लज्जास्पद हार व्यहोरेको छ । आफ्नो दोस्रो खेलमा नेपाली युवा टोली शुक्रबार इरानसँग ४–० ले पराजित भएको छ । छनोटको आफ्नो पहिलो खेलमा पनि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० ले पराजित भएको थियो ।

आज पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले सबै गोल दोस्रो हाफमा खाएको हो । घरेलु टोली खेलको ७६ औं मिनेटमा गोलको खाता खोलेको थियो । टोलीका लागि पहिलो गोल मोहम्दमाद अहमादीले गोल गरेका हुन् । नेपालले ४ गोल खेलको अन्तिम १४ मिनेटमा खाएको थियो ।

लगातार दबाब खेपेको नेपालविरुद्ध ८४ औं मिनेटमा कप्तान अहमन रिजा जलालीले गोल गरे । त्यसको दुई मिनेट पछि अलिरिजा मोनाज्मीले गोल थपे । खेलको अन्तिम मिनेटमा एरिया बर्जागरले गोल गरेपछि नेपालले दोस्रो खेलमा ४–० को फराकिलो हार बेहोरेको थियो । समुह ‘डी’ मा रहेको नेपालले तेस्रो खेलमा आइतबार किर्गिस्तानको सामना गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.