default_image

4 years ago

November 9, 2019

प्रिमियर लिगमा वाटफोर्डको पहिलो जित

एजेन्सी – रेलिगेसन जोनमा रहेको वाटफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित हात पारेको छ । प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै पहिलो जित हात पारेको हो । वाटफोर्डले यो सिजन १२औं खेल खेल्दा १ मा जित, ५ बराबरी र ६ हारको नतिजा निकालेको छ […]

20 views

0 Bookmark

एजेन्सी – रेलिगेसन जोनमा रहेको वाटफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित हात पारेको छ । प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

वाटफोर्डले यो सिजन १२औं खेल खेल्दा १ मा जित, ५ बराबरी र ६ हारको नतिजा निकालेको छ । वाटफोर्ड ८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ । नर्विच ७ अंक जोडेर पुछारमा छ ।

खेलको दोस्रो मिनेटमा नै पाहुना टोली वाटफोर्डले जेरार्ड डेउलोफेउको गोलमा अग्रता लिएको थियो । ५२औं मिनेटमा डेउलोफेउकै पासमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डलाई २–० को अग्रता दिलाए ।

६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेलो कार्ड दाखै मैदानबाट बाहिरिएपछि वाटफोर्ड १० खेलाडीमा समेटिएपनि घरेलु टोलीले त्यसको फाइदा उठाउन सकेन । वाटफोर्ड २–० ले विजयी रहन सफल भयो ।

प्रिमियर लिगमा लिभरपुल ११ खेलबाट ३१ अंक जोडेर शीर्षस्थानमा छ । २५ अंकसहित म्यानचेस्टर सिटीले लिभरपुललाई पछ्याइरहेको छ । लेस्टर सिटी र चेल्सी समान २३ अंकसहित तेस्रो र चौथो स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.