default_image

4 years ago

November 11, 2019

चन्द्रागिरी मेयर गोल्डकपमा ए डिभिजनका १० क्लब भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टारसँगै १२ टोलीको सहभागिता रहने भएको छ । आयोजक दीपशिखा युवा समूहले शुक्रबार कात्र्तिक ३० देखि हुने तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहने जानकारी गराएको छ । १२ टोलीको सहभागितासँगै […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन स्तरीय फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टारसँगै १२ टोलीको सहभागिता रहने भएको छ ।

आयोजक दीपशिखा युवा समूहले शुक्रबार कात्र्तिक ३० देखि हुने तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहने जानकारी गराएको छ ।

१२ टोलीको सहभागितासँगै प्रतियोगिताको अवधि पनि लम्बिने भएको आयोजकले जनाएको छ । यसअघि आयोजकले मंसिर ७ मा फाइनल गराउने निर्णय गरेको थियो । तर, अब फाइनल १४ गते हुने प्रतियोगिता संयोजक तथा पुर्व अन्तर्राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले जानकारी गराए ।

प्रतियोगितामा रुस्लान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, सिएमजी क्लब संकटा, भ्याली च्यासल युथ क्लब, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युवा क्लब र एनआइबिएल फ्रेन्डस् क्लबको सहभागिता रहेको छ । यस्तै आयोजकबाट दिपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिका रहेको छ । आयोजकबाट दीपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाका १५ वडाबाट खेलाडी छनोट गरेरअर्काे टोली तयार पारेको हो ।

यस्तै आयोजकले  प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका समेत सार्वजनिक गरेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् । समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा कात्तिक ३० गते आयोजक दिपशिखा युवा समूह र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको दोस्रो दिन मंसिर १ गते चन्द्रागिरी नगरपालिका र फ्रेन्डस क्लबबीच खेल हुनेछ ।

२ मंसिरमा पुलिस र जावलाखेल, ३ मंसिरमा संकटा र एपीएफ, ४ मंसिरमा आर्मी र च्यासल तथा ५ मंसिरमा सरस्वती युवा क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । ७ र ८ मंसिरमा क्वाटरफाइनल खेल हुनेछ । १० र ११ मंसिरमा सेमिफायनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ ।

यसवर्षको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । गतवर्ष ६ लाख र ३ लाख रुपैयाँ पुरस्कार राशि रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैया रहेको छ ।

पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो । खेलहरु चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.