default_image

4 years ago

November 11, 2019

आर्मीलाई हाम्रो पूर्वान्चल गोल्डकपको उपाधि

हिमाल खरेल, बिर्तामाेड कप्तान टेकबहादुर बुढाथोकीको उत्कृष्ट प्रदर्शनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो पूर्वान्चल अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २-० को जित निकाल्दै आर्मी च्याम्पियन बनेको हो । खेलमा दुवै गोल टेकबहादुरले नै गरेका थिए । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले […]

47 views

0 Bookmark

हिमाल खरेल, बिर्तामाेड

कप्तान टेकबहादुर बुढाथोकीको उत्कृष्ट प्रदर्शनसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो पूर्वान्चल अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि जितेको छ ।

सोमबार भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २-० को जित निकाल्दै आर्मी च्याम्पियन बनेको हो । खेलमा दुवै गोल टेकबहादुरले नै गरेका थिए । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आर्मीले ३२ औं मिनेटमा अग्रता लिएको थियो । टंक बस्नेतको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका टेकबहादुरले गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि २५ औं मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काले आर्मीका गोलरक्षक विवश चौधरीसँग वान भर्सेज वानको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफको ८० औं मिनेटमा आर्मीले अग्रता दोब्बर पार्यो । टेकबहादुरले एकल प्रयासमा बढाएको मुभको अन्तिममा गोलरक्षक विनय श्रेष्ठलाई वन भर्सेस वनमा बिट गर्दै आर्मीलाई जितउन्मुख गराएका थिए । त्यसको तीन मिनेटपछि चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । राष्ट्रिय टोलीबाट खेलिसकेका मिडफिल्डर राजेन्द्र रावल दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि चर्च ब्वाइजको खेलमा फर्कने सम्भावना सकिएको थियो ।

खेलको अन्त्यतिर दुवै टोली आक्रामक बन्दा कार्डको वर्षा भएको थियो । खेल अवधिभर आर्मीले ३ र चर्च ब्वाइजले ४ गरी कुल ७ वटा पहेंलो कार्ड देखाइएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी तथा उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । त्यस्तै, आर्मीका दिपक गुरुङ उत्कृष्ट रक्षक घोषित हुँदा आर्मीकै टंक बस्नेत उत्कृष्ट फरवार्ड भए ।

फाइनल खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका अशोक खवास चुनिए । गोल्डकपकै सर्वोत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए । उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले पुरस्कार प्रदान गरे । उत्कृष्ट प्रशिक्षकमा विजेता टोली आर्मीकै नविन न्यौपाने घोषित भए ।

विजेता आर्मीले नगद १२ लाख ५० हजार तथा उपविजेता चर्च ब्वाइजले नगद ६ लाख २५ हजार पुरस्कार प्राप्त गरे । विजेता तथा उपविजेता टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री माननीय शेरधन राईले नगद तथा ट्रफी प्रदान गरे । भारतका दुई टिमसहित १० वटा टिम सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्टस् क्लबले आयोजना गरेको हो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.