4 years ago
November 12, 2019
एजेन्सी – घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को […]
एजेन्सी – घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।
स्टेडियो ओलम्पिको गोइउनियामा भएको खेलमा घरेलु टोलीलाई अन्तिम चारमा पुर्याउन प्याट्रिक र पेग्लोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको छैटौ मिनेटमा नै प्याट्रिकले गोल गर्दै ब्राजिललाई अघि बढाए । ४०औं मिनेटमा पेग्लोले गोल गर्दै ब्राजिलाई २–० को जित दिलाए ।
यस्तै अर्काे खेलमा फ्रान्सले स्पेनको यु–१७ टोलीमाथि ६–१ को फराकिलो जित निकालेको छ । फ्रान्सले एक गोलले पछि परेको स्थितिमा पूनरागमन जित निकालेको हो । गोलको वर्षा भएको खेलमा फ्रान्सका नियानजोउ कोउयसी, नाथानेल एमबुकु, इसाक लिहान्ड जि, टिमोथी पेम्वेले, जर्जिन्हो रुटर र एदिल ओउचिचेले गोल गरे । स्पेनका जर्मन भलेराले गरेको गोल सान्त्वना बन्यो ।
अब सेमिफाइनलमा ब्राजिल र फ्रान्स तथा मेक्सिको र नेदरल्यान्डबीच खेल हुनेछ । सेमिफाइनल १४ नोभेम्वरमा तथा फाइनल १७ नोभेम्वरमा हुनेछ ।
April 24, 2024
सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]
April 24, 2024
सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]