default_image

4 years ago

November 12, 2019

रोनाल्डो दुई वर्ष प्रतिबन्धको खतरामा

एजेन्सी – पोर्चुगिज तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने जोखिम बढेको छ । इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार मिलानविरुद्ध खेल चल्दै गर्दा  रोनाल्डो मैदानबाट बाहिरिएको स्काई इटालीले जनाएको छ । खेल नसकिदै स्टेडियमबाट बाहिरिएसँगै उनलाई एन्टी डोपिङ नियमका आधारमा कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने इटालीका पुर्व […]

41 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने जोखिम बढेको छ ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार मिलानविरुद्ध खेल चल्दै गर्दा  रोनाल्डो मैदानबाट बाहिरिएको स्काई इटालीले जनाएको छ । खेल नसकिदै स्टेडियमबाट बाहिरिएसँगै उनलाई एन्टी डोपिङ नियमका आधारमा कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने इटालीका पुर्व इटालियन फरवार्ड एन्टोनियो कसानोले बताएका छन् ।

प्रशिक्षक मौरिजीयो सार्रीले एसी मिलानविरुद्ध १–० को जित निकालेको खेलमा रोनाल्डोलाई खेलको ५५औं मिनेटमा परिवर्तन गरेपछि रुष्ट बन्दै बेञ्चमा नगई ड्रेसिङ रुममा छिरेका थिए । त्यसपछि खेलको ३ मिनेट समय बाँकी रहँदा उनी स्टेडियमबाट बाहिरिएका थिए । उनकै स्थानमा आएका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले युभेन्टसको जितमा निर्णायक गोल गरेका थिए ।

‘उनी खेल सकिन ३ मिनेट बाँकी रहँदै स्टेडियमबाट बाहिरिएका छन् । यो एन्टी डोपिङको नियम भित्र पर्दैन । उनी तुरुन्त फर्कनुपर्ने थियो । उनले नियम उल्लंघन गरेका छन् । मैले पनि विगतमा यस्तै प्रतिबन्धबाट बचेको छु । लाजियोविरुद्ध खेलेपछि मैले रंगशाला छोडेको थिएँ । तर प्रतिबन्ध हुने थाहा पाएपछि तुरुन्तै म रंगशाला फर्किएँ, ’ कासानोले भने ।

सार्रीले यसअघि नै रोनाल्डोले बेन्चमा नबसेर ड्रेसिङ रुममा जाने विवाद गर्नुको आवश्यक नरहेको बताए । पछिल्लो समय केहि लयमा नरहेका रोनाल्डो लगातार दुई खेलमा परिवर्तन भएका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.