default_image

4 years ago

November 13, 2019

रोनाल्डोसँग सुलहको प्रयासमा युभेन्ट्स

एजेन्सी – एसी मिलानविरुद्ध आइतबारको खेलमा क्रिस्टियानो रोनाल्डोले पुरा समय खेल्न पाएनन् । तर, परिवर्तन हुने क्रममा उनको व्यवहार राम्रो हुन सकेन । यहाँ सम्मकी उनी परिवर्तन भएपछि बेन्चमा बसेनन् । रोनान्डो ५५ औं मिनेटमा परिवर्तन भएका थिए । परिवर्तनपछि पोर्चुगिज सुपर स्टार खुसी देखिएनन् र सिधै टनलतर्फ गए । खेल सकिनु अघि नै उनी […]

52 views

0 Bookmark

एजेन्सी – एसी मिलानविरुद्ध आइतबारको खेलमा क्रिस्टियानो रोनाल्डोले पुरा समय खेल्न पाएनन् । तर, परिवर्तन हुने क्रममा उनको व्यवहार राम्रो हुन सकेन । यहाँ सम्मकी उनी परिवर्तन भएपछि बेन्चमा बसेनन् । रोनान्डो ५५ औं मिनेटमा परिवर्तन भएका थिए ।

परिवर्तनपछि पोर्चुगिज सुपर स्टार खुसी देखिएनन् र सिधै टनलतर्फ गए । खेल सकिनु अघि नै उनी घर तिर लागेका थिए । युभेन्ट्स भने यो परिस्थितिलाई सहज बनाउने कोशिसमा जुटेको छ । उनलाई जरिवाना गराउने भन्दा पनि छलफल गरेर विवाद अन्त्य गर्न क्लबले पहल थाल्ने बताइएको छ ।

क्लबका निर्देशक पाभेल नेडभेड र फाबियो पाराटिकीले अनौपचारिक छलफल पनि सुरु गरिसकेका छन् । उनीहरुले रोनाल्डोलाई माफीका लागि राजी गराउने प्रयास गरेका छन् । उनको माफीले क्लबको वातावरण सहज हुने उनीहरुको अनुमान छ । आइतबार राती नै नेडभेडले रोनाल्डोका एजेन्ट जर्ज मेन्डेससँग छलफल अघि बढाएका थिए ।

युभेन्ट्स टोलीले पनि रोनाल्डोबाट माफी माग्ने अपेक्षा गरेको छ । रोनाल्डोका ठाँउमा पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । खेल सकिन १३ मिनेट बाँकी रहँदा डिबालाले गरेको गोलमै युभेन्ट्सले जित निकालेको थियो ।

यो पनि:

रोनाल्डो दुई वर्ष प्रतिबन्धको खतरामा

‘रोनाल्डो अहिले उत्कृष्ट लयमा छैनन्’

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.