default_image

4 years ago

November 13, 2019

स्पेनिस सुपर कप साउदीमा हुँदै!

एजेन्सी – नयाँ संरचनाको आधारमा हुन लागेको स्पेनिस सुपरकपको शुरुवाती तीन संस्करण साउदी अरबमा आयोजना हुने भएको छ । स्पेनिस फुटबल फेडेरसनले साउदीलाई तीन वर्ष प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गरेको थियो । जसअनुसार नयाँ संरचानको पहिलो संस्करण जनवरी ८ देखि १२ सम्म हुनेछ । यसका लागि साउदीले स्पेनिस फुटबल फेडेरेसनलाई १२० मिलियन पाउन्ड प्रदान गर्नेछ […]

43 views

0 Bookmark

एजेन्सी – नयाँ संरचनाको आधारमा हुन लागेको स्पेनिस सुपरकपको शुरुवाती तीन संस्करण साउदी अरबमा आयोजना हुने भएको छ । स्पेनिस फुटबल फेडेरसनले साउदीलाई तीन वर्ष प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गरेको थियो ।

जसअनुसार नयाँ संरचानको पहिलो संस्करण जनवरी ८ देखि १२ सम्म हुनेछ । यसका लागि साउदीले स्पेनिस फुटबल फेडेरेसनलाई १२० मिलियन पाउन्ड प्रदान गर्नेछ । साउदीले अघिल्लो सिजन इटालियन सुपर कप पनि आयोजना गरेको थियो । साउदीलाई सुपरकप अयोजना दिने निर्णयको सरकारी अधिकारी र ला लिगाले आलोचना गरेका छन् ।

स्पेन खेलकुदका जुनियर मन्त्री मारिया जोसेले महिला अधिकारको सम्मान नहुने देशमा आयोजना हुन लागेको सुपरकपलाई सरकारको सहयोग नहुने बताएका छन् । दि रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) अध्यक्ष लुइस एविएल्सले साउदीमा हुने स्पेनिस सुपरकप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताएका छन् ।

आउदो जनवरी ८ देखि १२ सम्म साउदीको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा हुने स्पेनिस सुपरकपमा चार टोलीको सहभागिता रहने छ । नयाँ संस्करणको पहिलो सुपरकपमा क्याटलान क्लब बार्सिलोना, रियाल म्याड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सियाले प्रतिस्पर्धा गर्नेछन् ।
अघिल्लो सिजनको ला लिगाका शीर्ष दुई टिम र कोपा डेल रेका विजेता र उपविजेता दुई टिमले प्रतियोगिता खेल्नेछन् । यस्तै लिगको तेस्रो र चौथो क्लब समेत प्रतियोगितामा छनोट हुन सक्नेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल जनवरी ८ मा बार्सिलोनाले एट्लेटिको मड्रिडबीच हुनेछ । जनवरी ९ मा हुने दोस्रो सेमिफाइनलमा रियल र भ्यालेन्सिया भिड्ने छन् । प्रतियोगिताके फाइलनमा जनवरी १२ मा हुने छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.