default_image

4 years ago

November 14, 2019

वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख

एजेन्सी – इंग्लिस क्लब आर्सनलका फ्रान्सेली पूर्व प्रशिक्षक आर्सेन वेंगर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका छन् । फिफाले बुधबार वेंगरलाई ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख नियुक्त गरेको हो । पछिल्लो समय जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्ने हल्ला चलिरहँदा वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका हुन् । […]

21 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब आर्सनलका फ्रान्सेली पूर्व प्रशिक्षक आर्सेन वेंगर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका छन् । फिफाले बुधबार वेंगरलाई ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख नियुक्त गरेको हो ।

पछिल्लो समय जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्ने हल्ला चलिरहँदा वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका हुन् । फिफामा नियुक्त भएपछि वेंगर अन्तर्राष्ट्रिय फुटबल एसोसियन बोर्ड तथा फिफा टेक्निकल स्टडी समुहको सदस्यमा पनि रहनेछन ।

फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएसँगै ७० वर्षीय वेंगरले यो चुनौतीलाई अघि बढाउन उत्सुक रहेको बताउदै फिफाको यस उद्देश्यमा योगदान दिन सम्पूर्ण शक्ति खर्चने बताएका छन् । अब वेंगरले विश्वभरको महिला र पुरुष फुटबलको कोचिङ, ट्रेनिङ र फुटबल कोचिङ, शिक्षा र प्राविधिक पक्षलाई नियाल्नेछन् । वेंगरलाई फिफाको हेडक्वार्टर जुरिचमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्वागत गरेका थिए ।

२२ वर्ष आर्सनलको मुख्य प्रशिक्षक रहेका वेंगरले सन् २०१७१८ को सिजन सकिएपछि क्लब छाडेका थिए । उनले त्यहाँ आर्सनललाई तीन वटा प्रिमियर लिग सात एफ ए कपको उपाधि क्लवलाई दिलाएका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.