default_image

4 years ago

November 16, 2019

विमल, अन्जनसहित ४ खेलाडी कारवाहीमा

काठमाडौं (हाम्रो खेलकुद)– विमल घर्तीमगरसहित राष्ट्रिय फुटबल टोलीका चार खेलाडी अनुशासनको कारवाहीमा परेका छन् । जसका कारण कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल यी चार खेलाडीले गुमाउने छन् । विमलसहित कारवाही पर्नेमा अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी रहेका छन् । यी चार खेलाडी गएराती २ बजे सम्म ठमेलमा डिस्कोमा रहेका कारण टोलीका […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विमल घर्तीमगरसहित राष्ट्रिय फुटबल टोलीका चार खेलाडी अनुशासनको कारवाहीमा परेका छन् । जसका कारण कुवेतसँग मंसिर ३ गते भुटानमा हुने खेल यी चार खेलाडीले गुमाउने छन् । विमलसहित कारवाही पर्नेमा अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी रहेका छन् ।


यी चार खेलाडी गएराती २ बजे सम्म ठमेलमा डिस्कोमा रहेका कारण टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार खेलाडीलाई कारवाही गरेको हो । एन्फाका प्रवक्ता किरण राई कारण नबाताएपनि अनुशासनको कारण अहिले भुटान भ्रमणबाट यी चार खेलाडीलाई हटाइएइको छ । उनीहरुको ठाँउमा चार खेलाडी राखिने पनि उनले जानकारी दिए ।

राष्ट्रिय फुटबल टोली आज दिउँसो ३ बजे भुटान जाँदैछ । विश्वकप छनोटमा नेपालले ४ खेल खेलिसकेको छ । जसमा ३ खेल गुमाएको नेपालले १ खेल मात्र जितेको छ । चाइनिज ताइपेविरुद्धको एकमात्र जितमा नेपालका लागि दुवै गोल अन्जनले नै गरेका थिए । त्यसबाहेकका खेलमा भने नेपालले कुवेतसँग ७–०, अष्ट्रेलिया ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

भुटानमा मंसिर ३ कुवेतविरुद्ध हुने खेल नेपालको होम म्याच हो । दशरथ रंगशाला पूर्ननिर्माणको काम नसकेपछि एएफसीले त्यहाँ खेल हुन नसक्ने निर्णय गरेको थियो । त्यसपछि एन्फाले भुटानलाई न्युट्रल भेन्यूको प्रस्ताव गरेको थियो । कुवेत टोली भने शुक्रबार नै भुटान पुगिसकेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.