default_image

4 years ago

November 16, 2019

बीबीसी चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक दिपशखिा युवा समूहमाथि सहज जित निकाल्दै ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शनिबार भएको उद्घाटन खेलमा बीबीसीले ९ खेलाडीमा समेटिएको दिपशिखामाथि ३–० को सहज जित हात पार्दै अन्तिम आठको यात्रा तय गरेको हो […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक दिपशखिा युवा समूहमाथि सहज जित निकाल्दै ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बीबीसी) तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शनिबार भएको उद्घाटन खेलमा बीबीसीले ९ खेलाडीमा समेटिएको दिपशिखामाथि ३–० को सहज जित हात पार्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

बीबीसीको जितमा रितिक खड्का, शिशिर लेखी र मलिना आङथापोले गोल गरे । खेलको २९औं मिनेटमा रितिकको गोलबाट बीबीसी खेलमा अघि बढेको थियो । पहिलो हाफमा आयोजक दिपशिखा १० खेलाडीमा समेटिएको थियो । साइल अधिकारी दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ४९औं मिनेटमा शिशिर लेखीले अग्रता दोब्बर बनायो ।

७६औं मिनेटमा मलिनाले गोल गर्दै बीबीसीलाई ३–० को सहज जित दिलाए । विपक्षी खेललाई हात हालेपछि मिलन गोले सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बीबीसी विजयी हुन सफल भयो । प्रतियोगिताको काठमाडौ क्षेत्र नम्वर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर, चन्द्रागिरीका नगरका सबै वडा अध्यक्ष र क्लबका पदाधिकारीलगायतले उद्घाटन गरे ।

प्रतियोगितामा आइतबार आयोजकको चन्द्रागिरी नगरपालिका र फ्रेन्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल २ः३० बजेपछि हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् ।

समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् । १० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैया रहेको छ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.