default_image

4 years ago

November 17, 2019

वेल्सको महत्वपुर्ण जित

एजेन्सी – वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजानमाथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे । जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ […]

42 views

0 Bookmark

एजेन्सी – वेल्सले महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावना जीवितै बनाएको छ । शनिबार राति भएको खेलमा वेल्सले अजरवैजानमाथि २–० को महत्वपुर्ण जित हात पारेको हो । वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे ।

जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । अब समूहको अन्तिम खेलमा हंगेरीलाई पराजित गर्न सके वेल्सले युरोकपमा स्थान बनाउनेछ । बराबरी या हारले वेल्सको सम्भावना सकिनेछ । हंगेरीलाई पनि युरोकपमा स्थान बनाउन जित आवश्यक छ । बराबरीले अर्काे खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

शनिबार राति भएको खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । १०औं मिनेटमा मोरीले तथा ३४औं मिनेटमा विल्सनले गोल गर्दै वेल्सलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौकालाई सदुपयोग गर्न नसक्दा वेल्स विजयी हुन सफल भयो । हारसँगै अजरवैजान १ अंकसहित पुछारमा छ । स्लोभाकिया १० अंकसहित चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा युरोकपमा स्थान बनाइसकेको क्रोएसियाले स्लोभाकियामाथि ३–१ को जित निकालेको छ । क्रोएसियाको जितमा निकोला भ्लासिक, ब्रुनो पेटकोभिक र इभान पेरिसिसले गोल गरे । पराजित टोलीका लागि रोवर्ट बोजेनिकले गोल गरे ।

क्रोएसियाले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । ६६औं मिनेटमा स्लोभाकिया १० खेलाडीमा समेटिएको थियो । क्रोएसियाको ८ खेलबाट १७ अंक छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.