default_image

4 years ago

November 18, 2019

फ्रान्स र टर्कीको सहज जित

एजेन्सी – युरोकप छनोटमा फ्रान्स र टर्कीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले अल्वानियालाई तथा टर्कीले एन्डोरालाई समान २–० को गोल अन्तरमा पराजित गर्दै छनोट अन्त्य गरेको हो । समूह ‘एच’ मा शीर्षस्थानमा रहेको फ्रान्सले १० खेलबाट ८ जित १ बराबरी र १ हारको नतिजा निकाल्दै २५ अंक जोडेर समूहमा शीर्षस्थानमा […]

20 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा फ्रान्स र टर्कीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले अल्वानियालाई तथा टर्कीले एन्डोरालाई समान २–० को गोल अन्तरमा पराजित गर्दै छनोट अन्त्य गरेको हो ।

समूह ‘एच’ मा शीर्षस्थानमा रहेको फ्रान्सले १० खेलबाट ८ जित १ बराबरी र १ हारको नतिजा निकाल्दै २५ अंक जोडेर समूहमा शीर्षस्थानमा रह्यो । टर्की २३ अंक जोडेर दोस्रो स्थानमा रहेर छनोट अन्त्य ग¥यो । यो समूहबाट फ्रान्स र टर्कीले अर्काे वर्ष हुने युरोकपमा स्थान बनाउन सफल भयो ।

एन्डोरामा आइतबार राति भएको खेलमा फ्रान्सलाई जिताउन कोरेन्टिन टोलिसोले र एन्टोइन ग्रिजमनले गोल गरे । खेलको आठौ मिनेटमा एन्टोइन ग्रिजमनको फ्रिकिकमा टोलिसो हेडमार्फत गोल गरेका थिए । अघिल्लो गोलमा असिस्ट गरेका ग्रिजमनले ३१ औ मिनेटमा गोल गरेपछि फ्रान्स पहिलो हाफमा २–० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै फ्रान्सको जितमा पर्याप्त बन्यो ।

यही समूहको अर्काे खेलमा टर्कीले एन्डोरालाई २–० ले हराएको छ । अर्काे खेलमा आइसल्यान्डले माल्दोभालाई २–१ ले पराजित गरेको छ । सिधै छनोट हुन नसकेको आइसल्यान्डको प्ले अफबाट छनोट हुने सम्भावना छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.