default_image

4 years ago

November 19, 2019

इटालीको गोलवर्षा

एजेन्सी – युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मेनियामाथि ९–१ को शानदार जित निकालेको छ । २०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो । समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ । यस्तै […]

43 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मेनियामाथि ९–१ को शानदार जित निकालेको छ ।

२०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो । समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ ।

यस्तै इटालीले १९४८ पछि यति ठुलो अन्तरमा जित निकालेको हो । त्यतिबेला इटालीले अमेरिकामाथि ९–० को जित निकालेको थियो ।

पालेर्माेमा सोमबार राति भएको खेलमा इटालीको जितमान सिरो इम्मोबाइल र निकोलो जानिओलोले समान २–२ गोल गरे । निकोलो बारेला, एलेसियो रोमाग्नोली, जर्गिन्हो, रिकार्डाे ओर्सिलिनी र फेडरिको चेइसाले समान १–१ गोल गरे । अर्मेनियाका इडगर बाबायानले सान्त्वना गोल गरे ।

रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक पेनाल्टीसहित पाँच गोल गरेको थियो । गोलको वर्षा भएको खेलमा इटालीले ३३ मिनेट भित्रै ४–० को आरामदायी अग्रता लिएको थियो ।

आठौं मिनेटमा सिरो इम्मोबाइलले गोलको खाता खोलेका थिए । आठौं मिनेटमा शुरु भएको गोलको वर्षा ८१औं मिनेटसम्म चल्यो । ८१औं मिनेटमा फेडरिकोले गोल गर्दै इटालीलाई ९–१ को अद्भुत जित दिलाए । त्यसअघि ७९औं मिनेटमा अर्मेनियाले एक गोल फर्काएका थिए । इटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्‍यो । पराजित अर्मेनिया १० अंकसहित पाँचौ स्थामा रह्यो ।

यो समूहबाट फिनल्यान्डले पहिलोपटक युरोकपमा स्थान बनाउन सफल भएको थियो । फिनल्यान्ड सोमबार राति ग्रीससँग २–१ ले पराजित भएको थियो । यस्तै अर्काे खेलमा बोस्निया एन्ड हर्ज गोभिनाले लेचेस्टाइनमाथि ३–१ को जित निकाल्यो ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.