default_image

4 years ago

November 19, 2019

अन्तिम खेलमा स्पेनको प्रभावशाली जित

एजेन्सी – युरोकप छनोटमा स्पेनले शत प्रतिशत जित निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । समूह ‘एफ’ अन्तरगत सोमबार राति भएको छनोटको अन्तिम खेलमा रोमानियामाथि ५–० को जित निकाल्दै स्पेनले सुखद अन्त्य गरेको हो । वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेरार्ड मोरेनोले २ तथा फावियान र मिकेल ओयारजावालले समान १ गोल गरे । […]

26 views

0 Bookmark

एजेन्सी – युरोकप छनोटमा स्पेनले शत प्रतिशत जित निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । समूह ‘एफ’ अन्तरगत सोमबार राति भएको छनोटको अन्तिम खेलमा रोमानियामाथि ५–० को जित निकाल्दै स्पेनले सुखद अन्त्य गरेको हो ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेरार्ड मोरेनोले २ तथा फावियान र मिकेल ओयारजावालले समान १ गोल गरे । एक गोल उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा फावियनको गोलबाट स्पेन खेलमा अघि बढेको थियो । ३३औं मिनेटमा जेरार्ड मोरेनोले गोल गरेपछि स्पेन खेलमा २–० ले अघि बढ्यो । ४३औं मिनेटमा मोरेनोले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले खेलमा ३–० को अग्रता बनायो ।

पहिलो हाफको इन्ज्युरी समयमा एड्रियन रसले गोल गरेपछि स्पेनले पहिलो हाफमै ४–० को आरामदायी अग्रता बनायो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मिकेल गोल गर्दै स्पेनलाई ५–० को प्रभावशाली जित दिलाए ।

छनोटमा स्पेनले १० खेलबाट २६ अंक जोड्यो । जसमा ८ जित र २ बराबरीको नतिजा छ । रोमानिया १४ अंकसहित चौथो स्थानमा रह्यो ।

यही समूहको अर्काे खेलमा स्वीडेनले फरोह आइल्यान्डमाथि ३–० को तथा नर्वेले माल्टामाथि २–१ को जित निकाल्यो । स्वीडेन २१ अंकसहित दोस्रो तथा १७ अंकसहित नर्वे तेस्रो स्थानमा रह्यो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.