default_image

4 years ago

November 19, 2019

स्वीट्जरल्यान्डको आधा दर्जन गोल, डेनमार्क छनोट

एजेन्सी – स्वीट्जरल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा जिब्राल्टारमाथि शानदार जित निकाल्दा डेनमार्कले युरोकपमा स्थन बनाएको छ । सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डले घरेलु टोलीमाथि ६–१ को शानदार जित निकालेको हो । स्वीट्जरल्यान्डको आधा दर्जन गोलमा सेडरिक इटेनले दुई तथा रुवेन भर्गास, क्रिस्टियन, लोरिस बेनिटो र ग्रानिट जाँहाले गोल गरे । रिस स्टेचिले एक […]

31 views

0 Bookmark

एजेन्सी – स्वीट्जरल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा जिब्राल्टारमाथि शानदार जित निकाल्दा डेनमार्कले युरोकपमा स्थन बनाएको छ । सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डले घरेलु टोलीमाथि ६–१ को शानदार जित निकालेको हो ।

स्वीट्जरल्यान्डको आधा दर्जन गोलमा सेडरिक इटेनले दुई तथा रुवेन भर्गास, क्रिस्टियन, लोरिस बेनिटो र ग्रानिट जाँहाले गोल गरे । रिस स्टेचिले एक गोल फर्काए । खेलको १०औं मिनेटमा सेडरिकको गोलबाट स्वीट्जरल्यान्ड खेलमा अघि बढेको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको स्वीट्जरल्यान्डले थप ५ गोल गर्दा एक गोल खान पुगेको थियो । ५०औं मिनेटमा रुवेनले अग्रता दोब्बर पारे ।

५७औं मिनेटमा क्रिस्टियनले गोल गरेपछि स्वीट्जरल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो । ७४औं मिनेटमा रिसले एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा ल्याए । लगत्तै ७५औं मिनेटमा लोरिसले गोल गरेपछि स्वीट्जरल्यान्ड खेलमा ४–१ ले अघि बढ्यो । त्यसपछि दुई मिनेटको अन्तरमा दुई गोल गर्दै स्वीट्जरल्यान्डले ६–१ को शानदार जित दिलाए ।

जितसँगै स्वीट्जरल्यान्ड समूह ‘डी’ मा ८ खेलबाट १७ अंक जोड्दै शीर्षस्थानमा रहेको युरोकपमा छनोट हुन सफल भयो ।

यही समूहको अर्काे खेलमा डेनमार्क र आयरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै डेनमार्कले युरोकपमा छनोट हुन सफल भएको छ । बराबरीमा रोकिएसँगै आयरल्यान्डको प्ले अफबाट छनोट हुने सम्भावना छ । डेनमार्कको ८ खेलबाट १६ अंक छ । आयारल्यान्ड १६ अंकसहित तेस्रो स्थानमा रह्यो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.