default_image

4 years ago

November 19, 2019

कुवेतविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत पाँचौ खेलमा कुवेतको सामना गर्दैछ । भुटानको चाङलिमिथाङ रंगशालामा खेल २:४५ बजे सुरु हुनेछ । खेलका लागि प्रशिक्षक योहान कालिनले सुरुवाती ११ छनोट गरेका छन् । टोलीको गोलरक्षण किरण चेम्जोङले सम्हालेका छन् ‌। डिफेन्समा अन्नत तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र रञ्जित धिमाल […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत पाँचौ खेलमा कुवेतको सामना गर्दैछ । भुटानको चाङलिमिथाङ रंगशालामा खेल २:४५ बजे सुरु हुनेछ ।

खेलका लागि प्रशिक्षक योहान कालिनले सुरुवाती ११ छनोट गरेका छन् । टोलीको गोलरक्षण किरण चेम्जोङले सम्हालेका छन् ‌। डिफेन्समा अन्नत तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र रञ्जित धिमाल रहेका छन् । रोहित चन्द र विक्रम लामासँगै तेज तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् । विङ्समा सुजल श्रेष्ठ र रवी पासवान तथा एकल फरर्वाडमा अभिषेक रिजाल खेल्नेछन् ।

नेपालले घरेलु मैदान तयार नहुँदा विश्वकप छनोटको खेल भुटानमा खेल्नुपरेको हो । नेपालले हालसम्म ४ खेलमा १ जित र ३ हार बेहोरेको छ । यसपटक टोलीमा टोलीका ४ महत्त्वपूर्ण खेलाडी साथमा छैनन् । उनीहरु टोली प्रस्थान गर्ने अघिल्लो रात क्लबमा भेटिएको कारण अनुशासन कारवाहीस्वरुप निलम्बनमा परेका हुन् ।

यो पनि पढ्नुहोस् :

सायद त्यो क्षणले उनीहरुलाई खेल जीवन भर पोलिरहेछ !

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.