default_image

4 years ago

November 21, 2019

रियल र स्पेनमा फर्कन इस्को आतुर

एजन्सी – इस्को रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टोलीमा पुनरामगन गर्न आतुर रहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा रहेका २७ वर्षे मिडफिल्डरले स्पेनिस टोलीमा फर्कनुका लागि भने पहिला रियलको पहिलो रोजाइमा पर्नका लागि प्रशिक्षक जिनेदिन जिदानलाई प्रभावित गर्नुपर्ने हुन्छ । रियलका टोनी क्रुस र लुका मोड्रिच पनि विस्तारै खेलमा प्रदर्शनमा सुधार गरिरेका छन् । […]

32 views

0 Bookmark

एजन्सी – इस्को रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टोलीमा पुनरामगन गर्न आतुर रहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा रहेका २७ वर्षे मिडफिल्डरले स्पेनिस टोलीमा फर्कनुका लागि भने पहिला रियलको पहिलो रोजाइमा पर्नका लागि प्रशिक्षक जिनेदिन जिदानलाई प्रभावित गर्नुपर्ने हुन्छ ।

रियलका टोनी क्रुस र लुका मोड्रिच पनि विस्तारै खेलमा प्रदर्शनमा सुधार गरिरेका छन् । त्यस्तै मार्सेलो र राफेल भेर्नान पनि चोटबाट मुक्त हुने कोशिस गरिरेका छन् । इस्कोका लागि यो वर्ष निकै चुनौतिपूर्ण रह्यो । रियलमा सान्टियगो सोलारी प्रशिक्षक हुँदा बेन्चमा सिमित भए भने जसका कारण लुइस इन्रिकेले उनलाई स्पेनिस टोलीमा राखेनन् ।

तर त्यसका वावजुदा रोर्बेटो मोरेनोले उनलाई जुमा फरोओ आइसल्यान्ड र स्वीडेनविरुछको टोलीमा रखेको थिए । तर त्यसपछि भने उनले स्पेनिस टोलीबाट खेल्न पाएका छैनन् । चोटका कारण पीडित उनले रियलमा पनि धेरै खेल्न पाएनन् ।

इन्रिके पुन स्पेनिस टोलीको प्रशिक्षमा नियुक्त भएका छन् । अब इस्को पनि टोलीमा फर्कन चाहन्छन् । त्यसअघि उनले आफुलाई रियलको सुरुवाती ११ मा पर्न प्रयास गर्नुपर्ने हुन्छ ।

फ्रान्सेली प्रशिक्षक जिदानको पहिलो कार्यकालमा इस्कोले नै सबैभन्दा बढी मौका पाए । त्यति बेला उनले १ सय १४ खेल खेलेका थिए । इस्को रियलका लागि सर्वाधिक खेल खेल्ने १२ औं खेलाडी हुन् । उनले ६ हजार ६ सय २४ मिनेट खेलेका छन् ।

तर यो सिजन भने उनी २१ औं नम्बरमा रहेका छन् । रियलले खेलेका १६ खेल मध्यले उनले २ खेल रियल भालाडोलिड र रियल मालोर्काविरुद्धमात्र पहिलो रोजाईमा खेलेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.