4 years ago
November 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय ‘ए’ डिभिजन प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बीबीसीले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक […]
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय ‘ए’ डिभिजन प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लब (बीबीसी) राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बीबीसीले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा बीबीसीले खेलको ३०औं मिनेटमा विदेशी खेलाडी उदे ग्लोरीको गोलबाट खेलमा अग्रता बनाएको थियो । त्यही गोल नै बीबीसीको जितमा निर्णायक बन्यो । पहिलो हाफमा बीबीसीले आर्मीलाई दवावमा राखेको थियो । १५औं मिनेटमा ग्लोरीले नै पहिलो पोस्ट आक्रमण बुनेको थियो । १९औं मिनेटमा कप्तान जय गुरुङको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।
३०औं मिनेटमा विदेशी खेलाडी ग्लोरीले कर्नर क्षेत्रबाट ३ डिफेन्डरलाई बिट गर्दै पहिलो बारमा गोल गर्दा आर्मीका गोलरक्षक विवश चौधरीले रोक्ने कुनै मौका नै पाएनन् । एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्केपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किन बाध्य बन्यो । आर्मीले दोस्रो हाफमा लगातार पोस्ट आक्रमण बुनेपनि गोलरक्षक विशाल सुनार बाधक बने ।
५३औं मिनेटमा दिनेश हेन्जनको प्रहार दोस्रो बारबाट थोरै बाहिरिँदा आर्मीले बराबरीको सुन्दर मौका खेर फाल्यो । ६०औं मिनेटमा दिनेशकै प्रहार गोलरक्षक विशालले बचाइदिए । ६९औं मिनेटमा सुदिल राईले बक्स भित्र पाएको सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा आर्मी बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आर्मीले बराबरी गर्ने अर्काे सुन्दर मौकालाई बीबीसीका डिफेन्डर रन्दिप पौडेलले क्लियर गर्दै बराबरी टारे । दिनेश हेन्जनको हेडर रन्दिपले गोललाइनबाटै हेड गर्दै क्लियर गरिदिएका थिए ।
खेलमा निर्णायक गोल गरेका बीबीसीका विदेशी खेलाडी उदे ग्लोरी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको अवार्ड चन्द्रागिरी नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामहरि बस्नेत र आयोजक दिपशशिखा युवा समूहका अध्यक्ष रवि बुढाथाकीले प्रदान गरे ।
अब बीबीसीले सेमिफाइनलमा पुलिस र च्यासल युथ क्लबीचको विजेतासँग मंसिर १० मा खेल्नेछ । पुलिस र च्यासलबीच ७ मंसिरमा क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगितामा शुक्रबार दोस्रो क्वाटरफाइनलमा फ्रेन्ड्स र रुस्लान थ्री स्टार क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ः३० बजेपछि हुनेछ ।
तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]