default_image

4 years ago

November 21, 2019

क्विक्स कप अन्तर विद्यालय फुटबलको अन्तिम चरण आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय छात्र-छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल चरणका खेलहरु आइतबारदेखि शुरु हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा चौधरी ग्रुपको मुख्य प्रायोजन तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने अन्तिम चरणमा ५२ वटा जिल्लाबाट छनोट भएका १६ टोलीले छात्रतर्फ तथा […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय छात्र-छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल चरणका खेलहरु आइतबारदेखि शुरु हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा चौधरी ग्रुपको मुख्य प्रायोजन तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने अन्तिम चरणमा ५२ वटा जिल्लाबाट छनोट भएका १६ टोलीले छात्रतर्फ तथा १२ टोलीले छात्रातर्फ प्रतिस्पर्धा गर्नेछन् । ८ मंसिरदेखि १९ मंसिरसम्म हुने प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

छात्रातर्फ पनि १२ टोलीलाई ४ समूहमा नै विभाजन गरिएको छ । छात्रातर्फको २० मंसिरदेखि २७ मंसिरसम्म सञ्चालन हुनेछ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । जेठ २५ गतेबाट ५२ जिल्लाका विद्यालयहरुले असार मसान्तसम्म जिल्लास्तरमा प्रतिस्पर्धा गरेका थिए । भाद्र र आश्विनमा सातै प्रदेशमा प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट छात्रतर्फ १६ र छात्रा तर्फ १२ विद्यालय छनोट हुन सफल भएका थिए ।
प्रतियोगिताको छात्र÷छात्रा दुवैतर्फको विजेताले ३ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार रुपैया हात पार्नेछन् । तेस्रो हुनेले ७५ हजार रुपैया तथा चौथो हुनेलाई ५० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा एन्फाका सह महासचिव अरुणमान जोशी, सिजीका सिनियर जनरल महाप्रवन्धक विश्वास राई र उप महाप्रवन्धक लालबाबु प्रसादको उपस्थिति रहेको थियो ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.