default_image

4 years ago

November 22, 2019

बेलप्रति मोउरिन्होको चासो

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मोउरिन्होले आफ्ना पुर्व स्टार वेल्सका ग्यारेथ बेलप्रति चासो दिएका छन् । मोउरिन्होले नै बेललाई ६ वर्षअघि विश्व कीर्तिमानी मुल्यमा रियलमा अनुबन्ध गरेका थिए । मोउरिन्हो टोटेनहममा आएपछि बललप्रति चासो देखाएका छन् । पछिल्लो समय रियल र बेलबीच सम्बन्ध राम्रो हुन सकेको छैन । ३० वर्षे बेलले […]

26 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मोउरिन्होले आफ्ना पुर्व स्टार वेल्सका ग्यारेथ बेलप्रति चासो दिएका छन् । मोउरिन्होले नै बेललाई ६ वर्षअघि विश्व कीर्तिमानी मुल्यमा रियलमा अनुबन्ध गरेका थिए । मोउरिन्हो टोटेनहममा आएपछि बललप्रति चासो देखाएका छन् ।

पछिल्लो समय रियल र बेलबीच सम्बन्ध राम्रो हुन सकेको छैन । ३० वर्षे बेलले वेल्स युरोकपमा छनोट भएपछि राष्ट्रिय झण्डामा लेखिएको वेल्स, गल्फ र मड्रिड, इन द्याट अर्डर भन्दै खुसीयाली मनाएका थिए । यससँगै बेल र रियालबीचको सम्वन्ध अझै चिसिएको अनुमान गर्न सकिन्छ ।

माउरिसियो पोचिटिनोलाई स्थानान्तरण गर्दै जोसे माउरिन्हो क्लबमा आएपछि रियलका पुर्व अध्यक्ष काल्डरनले बेल पुनः नर्थ लण्डन क्लब फर्कन सक्ने बताएका छन् । उनले बेल टोटेनहम फर्किए समस्याको समाधान हुने समेत बताएका छन् ।

bale goal

‘यो सत्य हो, मोउरिन्होलाई बेल मन पर्छ । उनले नै बेललाई म्याड्रिडमा पुर्‍याएका थिए । काल्डरनले भने, ‘अब उनी टोटेनहम फर्कंदैनने भन्न सकिँदैन । उनी पक्कै टोटेनहम फर्कन सक्नेछन् । २०१७ मा मोउरिन्हो म्यानचेष्टर युनाइटेडमा रहँदा बेललाई अनुबन्धनको प्रयास गरेका थिए । तर रियल मड्रिडले वेलसँगको सम्झौता नविकरण गरेको थियो ।’

चार पटकका च्याम्पियन्स लिग विजेता बेललाई गत सिजन चिनियाँ क्लबले चासो देखाएको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.