default_image

4 years ago

November 22, 2019

कोस्टा तीन महिना मैदान बाहिर

एजेन्सी – स्पेनको राष्ट्रिय टोली तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार फरवार्ड डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको क्लबले विज्ञप्ति जारी गरेको छ । शल्यक्रियाका कारण कोस्टाले यो अवधिमा दुई महत्वपुर्ण खेल गुमाउने भएका छन् । उनले च्याम्पियन्स लिगको युभेन्टस र […]

20 views

0 Bookmark

एजेन्सी – स्पेनको राष्ट्रिय टोली तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार फरवार्ड डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको शल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको क्लबले विज्ञप्ति जारी गरेको छ ।

शल्यक्रियाका कारण कोस्टाले यो अवधिमा दुई महत्वपुर्ण खेल गुमाउने भएका छन् । उनले च्याम्पियन्स लिगको युभेन्टस र ला लिगामा बार्सिलोनाविरुद्धको महत्त्वपूर्ण खेल गुमाउनेछन् । फेब्रुअरीसम्म फिट भए उनी शहरी प्रतिद्वन्द्वी  रियल म्याड्रिडविरुद्धको खेलमा फर्कन सक्नेछन् । कोस्टा सन् २०१७ मा इंग्लिस क्लब चेल्सीबाट एट्लेटिको फर्किएका थिए ।

कोस्टा टिममा नरहने भएपनि क्लबका अध्यक्ष इनरिके सेरेजोले विन्टर ट्रान्सफरमा खेलाडी अनुबन्ध नगर्ने बताएका छन् । ‘हामीसँग तीन फरवार्ड अझै छन् । कीर्तिमानी युवा खेलाडी जोओ फेलिक्स र अल्भेरो मोराटा हामीसँग छन् । हामीले नयाँ फरवार्ड राख्ने कुनै योजना बनाएका छैनौं ।’ क्लबका अध्यक्ष इनरिकेले भने ।

एट्लेटिको शनिबार ग्रानडासँग खेल्दैछ । एट्लेटिको ला लिगामा तेस्रो स्थानमा रहेको छ । एन्टोइन ग्रिज्मनको प्रस्थानपछि जोआओ फेलिक्सलाई कीर्तिमानी रकममा अनुबन्ध गरेको एटलेटिकोले अपेक्षित प्रदर्शन गर्न सकेको छैन ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.