default_image

4 years ago

November 22, 2019

साग : पुरुष फुटबलमा नेपाललाई सहज समूह

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष फुटबलमा नेपाल तुलनात्मक रुपमा सहज समूह ‘ए’ मा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गरेको खेल तालिका र टाइसिट ‘ड्र’ अनुसार आयोजक नेपाल तुलनात्मक रुपमा सहज बंगलादेश र भुटान रहेको समूह ‘ए’ मा परेको हो । समूह ‘बी’ मा […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष फुटबलमा नेपाल तुलनात्मक रुपमा सहज समूह ‘ए’ मा परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गरेको खेल तालिका र टाइसिट ‘ड्र’ अनुसार आयोजक नेपाल तुलनात्मक रुपमा सहज बंगलादेश र भुटान रहेको समूह ‘ए’ मा परेको हो । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । नेपालले १ डिसेम्वरमा बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । डिसेम्बर ५ मा नेपालले भुटानसँग खेल्नेछ ।

हरेक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल डिसेम्बर १० मा हुनेछ । सबै खेलहरु त्रिपुरेरश्वरस्थित दरशरथ रंगशालामा हुनेछ । नेपाल सागको पुरुष फुटबलमा डिफेन्डिङ च्याम्पियन हो । १२औं सागमा नेपालले घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

नेपाली टोली लामो समयदेखि बालगोपाल महर्जनको प्रशिक्षकत्वमा रहेर प्रशिक्षण गरिरहेको छ । पछिल्लो साता अनुशासनको कारवाहीमा परेपछि स्टार फरवार्ड विमल घर्तीमगरसहित अन्जन विष्ट र दिनेश राजवंशी भने टोलीमा रहनुका बाबजुद सागमा सहभागी हुने-नहुने अन्यौल पैदा भएको छ ।

नेपाली टोली :

गोलरक्षक : विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ, मिक्छेन तामाङ

फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट

यो पनि : विमल, अन्जन र दिनेशको साग भविष्य अन्यौलमा !

यो पनि : सागको फुटबल टोली घोषणा : रोहित, नवयुग र किरण परेनन्

यो पनि : साग : महिला फुटबलमा चार राष्ट्रमात्र खेल्ने

दशरथ रंगशालाको ताजा अवस्था :

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.