default_image

4 years ago

November 22, 2019

फ्रेन्ड्सलाई हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरतर्फ लम्कने छाँटकाँट देखिएको थियो । तर इन्ज्युरी समयमा रुपेशले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक देव लिम्बूले बचाउन […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुपेश केसीले इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रहेपछि खेल टाइब्रेकरतर्फ लम्कने छाँटकाँट देखिएको थियो । तर इन्ज्युरी समयमा रुपेशले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार फ्रेन्ड्सका गोलरक्षक देव लिम्बूले बचाउन सकेनन् । ब्राजिलियन खेलाडीलाई मैदान उतारेको फ्रेन्ड्सले केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । यससँगै थ्री स्टारले अन्तिम चारको यात्रा तय गरेको छ ।

फ्रेन्ड्सले यसअघि चन्द्रागिरी नगरपालिकालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । थ्री स्टारले अब सेमिफाइनलमा सरस्वती र एपीएफ बीचको विजेतासँग खेल्नेछ । शनिबार‌ हुने तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन च्यासल युथ क्लब खेल्नेछन् । खेल दिउँसो २:३० बजे हुनेछ ‌।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

April 17, 2024

डर्टमुण्ड च्याम्पियन्स लिगको अन्तिम चारमा

एजेन्सी – स्पेनिश क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्ड ले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]

April 17, 2024

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिग सेमिफाइनलमा

एजेन्सी – स्पेनिश क्लब बार्सिलोना माथि जित हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मान (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो । खेलको […]

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

Success

Thank you for your time.