default_image

4 years ago

November 23, 2019

रिउसको गोलले डर्टमन्ड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान मार्काे रिउसले गोल गरेपछि बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा पादेरवर्नसँगको सम्भावित हारबाट जोगिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा डर्टमन्डले तीन गोलले पछि परेको स्थितिमा तीन गोल गर्दै ३–३ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको हो । पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले […]

32 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा कप्तान मार्काे रिउसले गोल गरेपछि बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा पादेरवर्नसँगको सम्भावित हारबाट जोगिएको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा डर्टमन्डले तीन गोलले पछि परेको स्थितिमा तीन गोल गर्दै ३–३ गोलको बराबरी खेल्दै सम्भावित हार टारेको हो । पादेरवर्नका स्ट्रेली मम्वाले दुई तथा जेरिट हल्टम्यानले एक गोल गरे । डर्टमन्डका जाडोन सान्चो, एक्सेल विस्टेल र कप्तान मार्काे रिउसले गोल गरे ।

खेलको पाँचौ मिनेटमा स्ट्रेलीले गोल गर्दै पादेरवर्नलाई अग्रता दिलाए । ३७औं मिनेटमा स्ट्रेलीले व्यक्तिगत दोस्रो गोल गरे । ४३औं मिनेटमा जेरिट हल्टम्यानले गोल गरेपछि डर्टमन्ड घरेलु मैदानमा ३–० ले पछि परेको थियो ।

दोस्रो हाफमा डर्टमन्डले उत्कृष्ट पूनरागमन गर्दै तीन गोल गर्न सफल भयो । ४७औं मिनेटमा जाडोन सान्चोले अचराफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काउने संकेत देखाए ।

८४औं मिनेटमा एक्सेल विस्टेलले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । हारतर्फ उन्मुख डर्टमन्डका लागि कप्तान रिउसले जाडोन सान्चोको पासमा गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै डर्टमन्ट १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पादेरवर्न ५ अंकसहित रेलिगेसन जोनको पुछारमा छ । बोरुसिया मोन्चेनग्लाडवाच ११ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.