default_image

4 years ago

November 24, 2019

बार्सिलोनासँग रियलको अंक बराबरी

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सहज जित निकालेको छ । रियालले रियल सोसिडाडमाथि ३–१ को सहज जित निकालेको हो । घरेलु मैदान सान्टियोगो बर्नबेउमा शनिबार राति भएको खेलमा रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै विलियन जोसेको […]

49 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सहज जित निकालेको छ । रियालले रियल सोसिडाडमाथि ३–१ को सहज जित निकालेको हो ।

घरेलु मैदान सान्टियोगो बर्नबेउमा शनिबार राति भएको खेलमा रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरे । सोसिडाडका विलियन जोसेले एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै विलियन जोसेको गोलबाट रियल खेलमा पछि परेको थियो । ३७औं मिनेटमा करिम बेन्जेमाले मोड्रिचको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफका सुरुमै फेडेरिको भालभेर्डेले गोल गरेपछि रियालले खेलमा २–१ को अग्रता दिलायो । ७४औं मिनेटमा लुका मोड्रिचले करिम बेन्जेमाको पासमा गोल गर्दै रियाललाई ३–१ को सहज जित दिलाए ।

जितसँगै रियालले शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । रियालको १३ खेलबाट २८ अंक रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित सोसिडाड १४ खेलबाट २३ अंक जोडेर अंक जोडेर पाँचौ स्थानमा छ ।

अर्काे खेलमा एट्लेटिको मड्रिडले ग्रानडासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको १४ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.