default_image

4 years ago

November 24, 2019

सरस्वतीलाई हराउँदै एपीएफ अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा एपीएफलाई अन्तिम चारमा […]

26 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा एपीएफलाई अन्तिम चारमा पुर्याउन प्रविन स्याङ्तानले पहिलो हाफमा गरेको एक गोल नै निर्णायक बन्यो ।

प्रविनले खेलको १५औं मिनेटमा गोल गरेका थिए । राम कुमार कुमालको क्रसमा प्रविनको बक्सभित्रको शक्रिशाली प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि खेलको सातौं मिनेटमा प्रविनले गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।

२९औं मिनेटमा सरस्वतीका दीपक भुषालको फ्रिकिकलाई तीर्थ बस्नेतले हेडर प्रयास गरेपनि गोलको दिशा दिन सकेनन् । ७७औं मिनेटमा नवीन लामाको क्रसलाई राजीव लोप्चनले पेनाल्टी बक्सभित्र भेट्न सकेनन् । अन्तिम १० मिनेट सरस्वतीले एपीएफलाई दवावमा राखेपनि गोल गर्न सकेन । ८३औं मिनेटमा विश्व अधिकारीको प्रहारलाई एपीएफका गोलरक्षक अमृत चौधरीले सहजै बचाइदिए ।

त्यसपछि गोल हुन नसक्दा एपीएफ १–० ले विजयी हुन सफल भयो । एपीएफका डिफेन्डर रमेश दंगाल सरस्वतीको हरेक आक्रमणमा बाधक बने । उनले सरस्वतीको झन्डै एक दर्जन प्रयासलाई ब्लक गरिदिएका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैयाँ र म्यान अफ दि म्याचको अवार्ड पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकी र आयोजक दिपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकीले प्रदान गरे ।

यससँगै चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र विभागीय नेपाल पुलिसका क्लबबीच प्रतिस्पर्धा हुनेछ । बुधबार एपीएफले सेमिफाइनलमा ललितपुरको रुस्लान थ्री स्टार क्लबसँग खेल्नेछ ।सोमबार कुनै खेल हुने छैन । खेलहरु नैकाप फुटबल मैदानमा दिउँसो २ बजेपछि हुनेछ ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.