default_image

4 years ago

November 25, 2019

सागमा सुजलले नै कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सुजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । यसअघि सिनियर टोलीको कप्तानी गरिसकेका सुजल सागका लागि पनि कप्तान चुनिएका हुन् । राष्ट्रिय टोलीका कप्तान विराज महर्जन र त्यसपछि उपकप्तानको हैसियतले टोलीको कार्यवाहक कप्तानका रुपमा रहेका किरण चेम्जोङ टोलीमा नपरेपछि सुजलले नेतृत्व गर्ने […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सुजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । यसअघि सिनियर टोलीको कप्तानी गरिसकेका सुजल सागका लागि पनि कप्तान चुनिएका हुन् ।

राष्ट्रिय टोलीका कप्तान विराज महर्जन र त्यसपछि उपकप्तानको हैसियतले टोलीको कार्यवाहक कप्तानका रुपमा रहेका किरण चेम्जोङ टोलीमा नपरेपछि सुजलले नेतृत्व गर्ने भएका हुन् । सुजलसँगै सागमा सिनियर खेलाडीको रुपमा मिडफिल्डर विक्रम लामा र गोलरक्षक विकेश कुथु रहेका छन् । सागको नियमअनुसार २३ वर्षमाथिका तीन खेलाडी टोलीमा समेट्न पाइने प्रावधान छ ।

खेलस्थल दशरथ रंगशालामा सोमबार प्रशिक्षणअघि बोल्दै सुजलले रंगशालामा खेल्न पाउँदा निकै खुसी रहेको बताए । ‘रंगशालामा खेल्न पाउँदा निकै खुसी छौं । यति लामो समयपछि यो मैदानमा फर्केका छौं । निकै उत्साहित छौं,’ उनले भने ।

सागका लागि प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम टोलीको घोषणा गरिसकेका छन् । तर अनुशासनको कारवाहीका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र डिफेन्डर दीनेश राजवंशी भने अन्तिम समयमा टोलीबाट बाहिरिएका छन् । यी तीनको स्थानमा राजीव लोप्चन, प्रेजेन तामाङ र राजेश परियार टोलीमा समेटिएका छन् ।

सागको पुरुष फुटबलतर्फ भारतले सहभागिता नजनाउने बताएसँगै अब ५ राष्ट्रको मात्र सहभागिता रहने भएको छ । एन्फाले दुई समूह विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेपनि अब राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका लागि नयाँ तालिका सार्वजनिक हुनेछ ।

सागको लागि अन्तिम टोली :

विकेश कुथु, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, विकास खवास, विक्रम लामा, छिरीङ गुरुङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल, नितिन थापा, तेज तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, राजेश परियार, प्रेजेन तामाङ, मिक्छेन तामाङ, हेमन्त थापामगर, सुजल श्रेष्ठ, सुनील बल, राजीव लोप्चन

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.