default_image

4 years ago

November 26, 2019

जुमानुको गोलसँगै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जुमानु राईको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा भएको पहिलो सेमिफाइनलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको हो । पुलिसका लागि कप्तान जुमानुले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए । मिडफिल्डर भोला सिलवालले प्रहार […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जुमानु राईको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा भएको पहिलो सेमिफाइनलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको हो । पुलिसका लागि कप्तान जुमानुले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए । मिडफिल्डर भोला सिलवालले प्रहार गरेको फ्रिकिकमा बीबीसीका गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा जुमानुले त्यसको फाइदा उठाउँदै गोल गरेका थिए ।

पुलिसले अब फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो २:३० बजे हुनेछ । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.