default_image

4 years ago

November 28, 2019

चेल्सी र भ्यालेन्सियाको रोमाञ्चक बराबरी

एजेन्सी – इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सियाले युइएफए च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक बराबरी खेलेको छ । चेल्सी र भ्यालेन्सियाले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको हो । चेल्सीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले गोल गरे । घरेलु टोली भ्यालेन्सियाका कार्लाेस सोलेर र ड्यानियल वासले गोल गरे । भ्यालेन्सियामा बुधबार राति भएको खेलमा […]

35 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सियाले युइएफए च्याम्पियन्स लिग फुटबलमा रोमाञ्चक बराबरी खेलेको छ । चेल्सी र भ्यालेन्सियाले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको हो ।

चेल्सीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले गोल गरे । घरेलु टोली भ्यालेन्सियाका कार्लाेस सोलेर र ड्यानियल वासले गोल गरे ।
भ्यालेन्सियामा बुधबार राति भएको खेलमा घरेलु टोलीले ४०औं मिनेटमा कार्लाेस सोलेरको गोलबाट अग्रता बनाएको थियो । त्यसको एक मिनेट बित्न नपाउदै चेल्सीका माटियो कोभासिसले बराबरी गोल फर्काएका थिए ।

५०औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गरेपछि चेल्सीले खेलमा २–१ को अग्रता बनाएको थियो । ६५औं मिनेटमा घरेलु टोली भ्यालेन्सियाले बराबरीको सुन्दर मौका खेर फाल्यो । ड्यानियल पारेजोले पेनाल्टीमा गोल गर्न सकेन । तर, ८२औं मिनेटमा ड्यानियल वासले बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै चेल्सीको चेल्सी ५ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा छ । समान ८ अंक भएपनि भ्यालेन्सिया गोल अन्तरमा दोस्रो स्थानमा छ । १० अंकसहित डच क्लब आयाक्स शीर्ष स्थानमा छ । समुह ‘एच’ मा आयाक्स, भ्यालेन्सिया र चेल्सीको नकआउट चरणमा पुग्ने सम्भावना छ ।

यही समूहको अर्काे खेलमा डच क्लब आयाक्सले फ्रेन्च क्लब लिलमाथि २–० को जित निकालेको छ । जितसँगै आयाक्सले नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । अब समूहको अन्तिम खेलमा आयाक्सले भ्यालेन्सिया तथा चेल्सीले लिलसँग खेल्नेछ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.