default_image

4 years ago

November 28, 2019

सुपर सेन्सको गोल वर्षा

काठमाडौं (हाम्रो खेलकुद)-सुपर सेन्स इंग्लिस बोर्डिङ स्कुलले राजधानी जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एस्ट्रो टर्फमा बिहीबार भएको खेलमा सुपर सेन्सले दि वल्ड क्याटिल स्कुलमाथ ९–३ को फराकिलो जित निकालेको हो । सुपर सेन्सको जितमा हेम बहादुर राखल, आशिष बलाम्पाकी, विदान लामा र […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-सुपर सेन्स इंग्लिस बोर्डिङ स्कुलले राजधानी जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एस्ट्रो टर्फमा बिहीबार भएको खेलमा सुपर सेन्सले दि वल्ड क्याटिल स्कुलमाथ ९–३ को फराकिलो जित निकालेको हो ।

सुपर सेन्सको जितमा हेम बहादुर राखल, आशिष बलाम्पाकी, विदान लामा र मनिस कुरामले समान २–२ गोल गरे । उज्वल घतानीले एक गोल थपे । दि वल्डका ब्रिटानल आले २ तथा सरुन मास्केले १ गोल थपे । यस्तै त्रियुगा नमुनाले भक्तपुर इंग्लिस स्कुलमाथि ५–० को फराकिलो जित निकालेको छ । त्रियुगाको जितमा सन्जय घर्ती, दिवस राई, अनुराग चौधरी, युवराज थापा र अनिस सेवाले समान १ गोल गरे ।

अर्को खेलमा रवि वाइवाको एकमात्र गोलमा श्री नारायाणले सैनिक आवासिय मावि कास्कीलाई १–० ले पराजित गरेको छ । सैनिक आवासिय मावि र सगरमाथा स्कुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । सैनिकका आयुष कुँवर र रोहन भुजेलले गोल गरे । सगरमाथाका मनोज घिमिरेले दुवै गोल गरे ।

प्रतियोगतामा शुक्रबार चार खेल हुनेछ । छात्रातर्फको खेल ६ देखि १३ डिसेम्वरमा आयोजना हुनेछ । प्रतियोगिताको दुवैतर्फको विजेताले ३ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रोले ७५ हजार तथा चौथो हुनेले ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.