default_image

4 years ago

November 29, 2019

आत्मघाती गोलमा म्यानचेस्टरको हार

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा काजकस्तानको क्लब एफसी एस्तानासँग स्तब्ध बनेको छ । युनाइटेडले सुरुवाती अग्रत जोगाउन नसक्दा एस्तानासँग २–१ ले स्तब्ध बनेको हो । एस्ताना एरिनामा बिहीबार राति भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट अग्रता लिएको थियो । टोलीको कप्तानी गरिरहेका उनले लुका साको पासमा […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा काजकस्तानको क्लब एफसी एस्तानासँग स्तब्ध बनेको छ । युनाइटेडले सुरुवाती अग्रत जोगाउन नसक्दा एस्तानासँग २–१ ले स्तब्ध बनेको हो ।

एस्ताना एरिनामा बिहीबार राति भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट अग्रता लिएको थियो । टोलीको कप्तानी गरिरहेका उनले लुका साको पासमा गोल गरेका थिए । पहिलो हाफसम्म १–० को लिएको युनाइटेडले दोस्रो हाफमा त्यो अग्रता जोगाउन सकेन ।

५५औं मिनेटमा दिमित्री सोमकोले बराबरी गोल फर्काए । ६२औं मिनेटमा डि सोन बर्नाडले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २–१ ले पछि परेको थियो । रुकाभिनाको क्रसलाई बर्नाडले क्लियर गर्न खोज्दा डिफ्लेक्ट हुदै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले स्तब्ध बन्यो ।

यही समूहको अर्काे खेलमा एजेट अल्कामार र पार्टीजान बेलग्राडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पार्टीजानले दुई गोलको अग्रता जोगाउन नसक्दा घरेलु टोलीसँग बराबरीमा रोकिन पुगेको हो ।

जितसँगै एस्तानाले समूह ‘एल’ मा पहिलो जितसहित ३ अंक जोडेको छ । युनाइटेड १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । बराबरीसँगै अल्कामारको ५ खेलबाट ९ तथा बेलग्राडको ५ अंक छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.