default_image

4 years ago

November 29, 2019

अस्मिता एस्टन भिल्लामा अनुबन्धित

एजेन्सी – नेपाली मुलकी फुटबलर अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । सोही क्लबको युथ एकेडेमीबाट हुर्किएकी अस्मिताले शुक्रबार क्लबसँग पहिलो व्यवसायिक सम्झौता गरेकी हुन् । एस्टन भिल्लाको उमेर समूहको टिममा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै क्लबले अस्मितासँग शुक्रबार व्यवसायिक सम्झौता गर्दै क्लबमै राख्न सफल भएको हो । उनको सम्झौता रकम भने खुलाइएको […]

95 views

0 Bookmark

एजेन्सी – नेपाली मुलकी फुटबलर अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । सोही क्लबको युथ एकेडेमीबाट हुर्किएकी अस्मिताले शुक्रबार क्लबसँग पहिलो व्यवसायिक सम्झौता गरेकी हुन् ।

एस्टन भिल्लाको उमेर समूहको टिममा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै क्लबले अस्मितासँग शुक्रबार व्यवसायिक सम्झौता गर्दै क्लबमै राख्न सफल भएको हो । उनको सम्झौता रकम भने खुलाइएको छैन । १८ वर्षे डिफेन्डर अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन् ।

‘व्यवसायिक रूपमा फुटबल खेल्ने मेरो सपना हो । क्लबमा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा खुशी लागेको छ,’ सम्झौतापछि अस्मिताले भनिन्, ‘मलाई एस्टन भिल्ला र स्टाफले भविष्यको लागि यही राख्ने कुरा थाहा पाँउदा आत्मविश्वास बढाएको छ ।’

अस्मिताले २०१७-१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापक र समर्थकलाई प्रभावित पारेकी थिइन् । अस्मिताले इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिमबाट पनि खेलिसकेकी छिन् । अस्मिताले युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटमा केही खेल खेलेकी थिइन् ।

आलेको प्रदर्शनले उनलाई अहिलेसम्म सिनियरको भन्दा राम्रो खेल देखिएको र उनी भविष्यमा ठुला स्टार बन्ने मुख्य प्रशिक्षक गेम्मा डेभिसले बताइन् । ‘उनी आफ्नो करयरको शुरुवातमा छिन् । मलाई लाग्छ उनीमा धेरै सम्भावना र सम्भाव्यता छ । उनले आफैले आफैलाई प्रमाणित गरेकी छिन् ।’

प्रशिक्षक डेभिसले भनिन्, ‘युथ एकेडेमीबाट खेलाडीहरु ल्याउने र पहिलो टिममा उनीहरुलाई अवसर दिनेमा हामी गर्व गर्दछौं । अस्मिता त्यसको एक उदाहारण हो । यो सम्झौताले युवा खेलाडीहरुप्रति टिम प्रतिबद्धता रहेको देखाउछ । किनकि उनहरुले हामीलाई विश्वास देखाएका छन् ।’

तनँहु दमौली पुख्यौली घर रहेका अस्मिताका बुवा अमृत आले पुर्व गोरखा सैनिक हुन् । उनीहरु हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । परिवार नै बेलायतमा रहेपछि अस्मिताले यस्तो मौका पाएको हो । बुवा अमृत पनि स्क्वासका पुर्व राष्ट्रिय खेलाडी हुन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.