default_image

4 years ago

November 30, 2019

डेम्वेले १० साता मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च विङ्गर औसमाने डेम्वेले १० साता मैदान बाहिर रहने भएको छ । थाइ इन्जुरीका कारण डेम्वेलेले कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ । च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा डेम्वेलेले चोट बोक्न पुगेका थिए । उनी […]

73 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च विङ्गर औसमाने डेम्वेले १० साता मैदान बाहिर रहने भएको छ । थाइ इन्जुरीका कारण डेम्वेलेले कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा डेम्वेलेले चोट बोक्न पुगेका थिए । उनी खेलको २६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । अब उनी कम्तीमा पनि फेब्रुअरीसम्म मैदान बाहिर रहनेछ ।

२२ वर्षीय डेम्वेले बार्सिलोना आएसँगै लगातार चोटसँग जुधिरहेको छ । डेम्वेलेले यो सिजन मात्रै तीन खेलमा मात्रै खेलेका छन् । चोट बोकेसँगै डेम्वेलेले १८ डिसेम्वरमा हुने ‘एल क्लासिको’ सँगै अन्य महत्वपुर्ण खेल गुमाउनेछन् ।

डेम्वेले २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाटै बार्सिलोना आएका थिए । बार्सिलोना आएसँगै डेम्वेलेको यो नवौपटक ठुलो चोट बोकेको हो ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.