4 years ago
December 1, 2019
एजेन्सी – साविक विजेता पोर्चुगल अर्काे वर्ष आयोजना हुने युरोकप फुटबलको कठिन समूह ‘एफ’ मा परेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार पोर्चुगल, जर्मनी र फ्रान्स ‘ग्रुप अफ डेथ’ समूह ’एफ’ परेको हो । समूह ’एफ’ मा एक राष्ट्र प्ले अफ छनोटबाट आउने छन् । यस समूहबाट […]
एजेन्सी – साविक विजेता पोर्चुगल अर्काे वर्ष आयोजना हुने युरोकप फुटबलको कठिन समूह ‘एफ’ मा परेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार पोर्चुगल, जर्मनी र फ्रान्स ‘ग्रुप अफ डेथ’ समूह ’एफ’ परेको हो ।
समूह ’एफ’ मा एक राष्ट्र प्ले अफ छनोटबाट आउने छन् । यस समूहबाट उत्कृष्ट एक टिम समूह चरणबाटै बाहिरिने सम्भावना देखिएको छ ।
यस्तै समूह ‘ए’ मा इटाली, स्विट्जरल्यान्ड, टर्की र वेल्स रहेको छ ।
समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्याण्ड रहदा समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स र अष्ट्रिया रहेका छन् । एक टोली प्ले अफबाट आउने छन् ।
समूह ‘डी’ मा इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लिक परेको छ । यसमा पनि एक राष्ट्र प्ले अफ छनोटबाट आउने छ । त्यस्तै समूह ‘ई’ मा स्पेन, पोल्याण्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टिम रहेको छ ।
२४ राष्ट्रको सहभागिता रहेको युुरोकप जुन १२ देखि जुलाई १२ २०२० सम्म हुने युरोपको विभिन्न १२ राष्ट्रमा सयुक्त रुपमा आयोजना हुनेछ ।
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]