default_image

4 years ago

December 1, 2019

फुटबल खेलतालिकाको आलोचना

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक सुरुवात आइतबार भएको छ । सागअन्तर्गतको फुटबल भने सोमबारबाट सुरु हुने छ । तर, सहभागी अधिकांश टोलीका प्रशिक्षकहरुले आलोचना गरेका छन् । मालदिभ्सका प्रशिक्षक पिटर सेर्गेट ले खेल तालिकालाई लिएर आपत्ती जनाएका छन् । नेपालले आफुले खेल जित्नका लागि खेलतालिका परिवर्तन गरेको आरोप लगाएका […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक सुरुवात आइतबार भएको छ । सागअन्तर्गतको फुटबल भने सोमबारबाट सुरु हुने छ । तर, सहभागी अधिकांश टोलीका प्रशिक्षकहरुले आलोचना गरेका छन् । मालदिभ्सका प्रशिक्षक पिटर सेर्गेट ले खेल तालिकालाई लिएर आपत्ती जनाएका छन् । नेपालले आफुले खेल जित्नका लागि खेलतालिका परिवर्तन गरेको आरोप लगाएका छन् ।

भारत नआउने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार सुरुवाती दुई खेल माल्दिभ्सले लगातार २ दिन खेल्नुपर्ने छ । सोमबार श्रीलंकासँग खेल्ने माल्दिभ्सले लगत्तै अर्को दिन भुटानसँग खेल्ने तालिका छ । फिफा नियमअनुसार एक खेलमा पछि ४८ घण्टाको ग्याप हुनुपर्ने भएपछि त्यस्तो नभएकाले माल्दिभ्सका प्रशिक्षकले आलोचना गरेका हुन् ।

यद्यपी उनले प्रतियोगिता खेल्ने नखेल्ने बारे कुनै निर्णय भने सुनाएनन। ‘यो तालिका फुटबलको भावना विपरित छ,’ उनले भने, ‘यो तालिका सच्चाउन हामीले अनुरोध गरेका छौं । खेल्ने नखेल्ने आज साँझ खेलाडी, संघ तथा पदाधिकारीहरुसँगको सल्लाहपछि निर्णय गर्नेछौं।

श्रीलंकाली प्रशिक्षक एमएन पाकिर अलि ले भने खेलतालिक प्रति असन्तुष्टि जनाएका छन् । त्यसका वावजुद आफु प्रतियोगिताका लागि राम्रो तयारी भएको बताएका छन् । विश्व कप छनोटमा राष्ट्रिय टोलीले राम्रो प्रदर्शन गरेकोले त्यसमा रहेका खेलाडी सम्मिति यू २३ टोलीले राम्रो प्रदर्शन गर्ने आशा उनले व्यक्त गरे ।

बंगलादेशी प्रशिक्षक जमिन डेले समेत फुटबल तालिकालाई लिएर असन्तुष्टि जनाए । उनले आफूले यो फुटबल तालिका हालसम्म कही नदेखेको प्रतिक्रिया दिए । त्यहीपनि आफूहरु प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । ‘हामीहरु तीन दिनदेखि नेपालमा छौ। तयारी राम्रो भएको छ,’ उनले भने, ‘यस प्रतियोगितामा राम्रो गर्दै पदक जित्ने हाम्रो लक्ष्य हुनेछ । यस्तै आफूहरुको टिममा अन्तराष्ट्रिय खेलाडीहरु पनि भएकाले भोलि हुने भुटानविरुद्धको पहिलो खेलमा जित हासिल गर्नेमा उनी विश्वस्त देखिए ।’

यस्तै बंगलादेशी कप्तान जमाल भुयानले आफूहरु स्वर्ण पदकका लागि आएको र त्यो स्वर्ण जित्न सके त्यो बंगलादेशी फुटबलको लागि पनि राम्रो हुने बताए। उनले ३ दिन अघि नै नेपाल आएकाले यहाँको वातावरणसँग घुलमिल भैसकेको प्रतिक्रिया दिए । भुटानका प्रशिक्षक पेमा दोजीले पनि खेल तालिकाको आलोचना गरेपनि आफुहरु खेल्नका लागि तयार रहेको बताए । नेपाली टोलीका प्रशिक्षक र कप्तान भने पत्रकार सम्मेलनमा उपस्थिति भएनन् ।

April 17, 2024

डर्टमुण्ड च्याम्पियन्स लिगको अन्तिम चारमा

एजेन्सी – स्पेनिश क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्ड ले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले […]

April 17, 2024

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिग सेमिफाइनलमा

एजेन्सी – स्पेनिश क्लब बार्सिलोना माथि जित हात पार्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मान (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो । खेलको […]

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

Success

Thank you for your time.