default_image

4 years ago

December 2, 2019

एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि जित दर्ता गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार एट्लेटिकोको घरेलु मैदानमा बार्सिलोना १-० ले विजयी रहयो ‌। खेलको ४ मिनेट समय बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले गरेको गोल निर्णायक सावित भयो । उनले लुइस सुआरेजसँग खेलेको उत्कृष्ट वन-टु पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई […]

45 views

0 Bookmark

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि जित दर्ता गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

आइतबार एट्लेटिकोको घरेलु मैदानमा बार्सिलोना १-० ले विजयी रहयो ‌। खेलको ४ मिनेट समय बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले गरेको गोल निर्णायक सावित भयो । उनले लुइस सुआरेजसँग खेलेको उत्कृष्ट वन-टु पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेल अवधिभर एट्लेटिको डिफेन्सले मेस्सीलाई रोकेपनि अन्त्यमा भने उनी गोल गर्न सफल रहे ‌। घरेलु टोलीका लागि जोआअो फेलिक्सले सुरुवाती समयमा गरेको प्रहारले गोलको दिशा लिन नसक्दा दवावलाई गोलमा परिणत गर्न चुकेको थियो । एट्लेटिकोले सुरुवाती समयमा आक्रमक प्रस्तुति गरेपनि बार्सिलोना डिफेन्सले राम्रो प्रदर्शन गर्यो ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना र रियल म्याड्रिडको समान अंक भएपनि गोलअन्तरको आधारमा बार्सिलोना अगाडि छ । दुवै टोलीले १४ खेलमा ३१ अंक जोडेका छन् ।  तेस्रो स्थानमा रहेको सेभिल्लाको १५ खेलमा ३० अंक रहेको छ ।

ला लिगाका अन्य खेलमा भ्यालेन्सियाले भिल्लारियललाई २–१ ले, सेभिल्लाले लेगानेसलाई १–० ले, एथ्लेटिक बिल्वाओले ग्रानडालाई २–० ले, ओसासुनाले इस्पान्योललाई ४–२ ले तथा गेटाफेले लेभान्टेलाई ४–० ले पराजित गरेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.