default_image

4 years ago

December 2, 2019

युभेन्टस बराबरीमा, इन्टर शीर्षस्थानमा

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस घरेलु मैदानमा सासुओलोसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा इन्टरले एसपीएएललाई २-१ ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लियो । घरेलु मैदानमा युभेन्टसले २० औं मिनेटमा अग्रता लिएको थियो । कप्तान लिओनार्डो बोनुचीको प्रहार डिफेन्सलाई लाग्दै गोलमा परिणत भएको थियो । तर सासुओलोका लागि जेरेमी बोगाले २ […]

55 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस घरेलु मैदानमा सासुओलोसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा इन्टरले एसपीएएललाई २-१ ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लियो ।

घरेलु मैदानमा युभेन्टसले २० औं मिनेटमा अग्रता लिएको थियो । कप्तान लिओनार्डो बोनुचीको प्रहार डिफेन्सलाई लाग्दै गोलमा परिणत भएको थियो । तर सासुओलोका लागि जेरेमी बोगाले २ मिनेटपछि नै खेल बराबरीमा ल्याए । उनले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकलाई चिप गरेका थिए ।

दोस्रो हाफको दोस्रो मिनेटमा फ्रान्सेस्को कापुटोको प्रहार गोलरक्षक जियानलुइजी बुफोनले फुत्काएपछि युभेन्टस पछि परेको थियो । खेलको २२ मिनेट बाँकी रहंदा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । सासुओलोका गोलरक्षक स्टेफानो तुरातीले खेल अवधिमा रोनाल्डोको फ्रिकिक तथा गोन्जालो हिगुआइन र आरोन राम्जीको प्रहार विफल पारेका थिए ।

अर्को खेलमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलान अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । खेलको १४ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट मार्टिनेजले गोल गर्दै इन्टरलाई अगाडि बढाए । पहिलो हाफको ३ मिनेट बाँकी रहँदा मार्टिनेजले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा माटिया भलोतीले ५० औं मिनेटमा गोल गर्दै एसपीएएललाई खेलमा फर्काए । त्यस्तै गोलरक्षक एत्रित बेरिशाले पनि उत्कृष्ट बचाउ गर्दै मार्टिनेजको ह्याट्रिक पूरा हुन दिएनन् । पछिल्लो ३ खेलमा ५ गोल गरेका मार्टिनेजले इन्टरका लागि यस सिजन १२ गोल गरिसकेका छन् ।

यस नतिजासँगै इन्टर मिलानले १४ खेलमा १२ जित, १ बराबरी र १ हारसहित ३७ अंक जोडेको छ । यता अपराजित युभेन्ट्स भने १४ खेलमा ११ जित र ३ बराबरीसहित ३६ अंक जोड्दै दोस्रो स्थानमा झरेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.