default_image

4 years ago

December 2, 2019

लेस्टरको पूनरागमन जित

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिदा एभर्टनमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोली लेस्टर सिटीले एक गोलले पछि परेको स्थितिमा एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनले गरेको गोल […]

21 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिदा एभर्टनमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोली लेस्टर सिटीले एक गोलले पछि परेको स्थितिमा एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो ।

किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनले गरेको गोल सान्तवना बन्यो ।

खेलको २५औं मिनेटमा रिचार्लीसनको गोलबाट लेस्टर सिटी खेलमा पछि परेको थियो । पहिलो हाफमा १–० को अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । ६८औं मिनेटमा जेमी भार्डीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा केलेचीले गोल गर्दै लेस्टरलाई २–१ को पूनरागमन जित दिलाए ।

जितसँगै लेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । लेस्टरले सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टरको १४ खेलबाट ३२ अंक पुगेको छ । यसक्रममा लेस्टरले १० जित, समान २ बराबरी र हारको नतिजा निकालेको छ । शीर्षस्थानको लिभरपुलको ४० अंक छ । सिटी २९ अंकसहित तेस्रो तथा २६ अंक जोडेर चेल्सी चौथो स्थानमा रहेको छ ।

यस्तै म्याचेस्टर युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको छ । घरेलु टोलीका निल्ससन लिनलफल एक गोल गर्दा एक गोल उपहार पाएको थियो । एस्टन भिल्लाका ज्याक ग्रियलिस र ट्योरोनी मिङ्सले गोल गरे । लिगमा म्यानचेस्टरको यो छैटौ बराबरी हो । युनाइटेड १४ खेलबाट १८ अंक जोडेर नवौं स्थानमा छ ।

यस्तै आर्सनलले नर्विच सिटीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । वल्भ्स र सेफिल्ड युनाइटेडले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.