default_image

4 years ago

December 4, 2019

जेससको दुई गोलसँगै सिटी दोस्रो स्थानमा

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको दुई गोलसँगै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीमाथि फराकिलो जित निकालको छ । सिटीले घरेलु टोली बर्नलीमाथि ४–१ को सानदार जित हात पारेको हो । ट्रफ मुरमा सिटीको फराकिलो जितमा रोड्री र रियाद महारजेले समान १ गोल थपे । घरेलु टोलीका रोवर्ट ब्राडीले सान्त्वना गोल फर्काए । घरेलु […]

23 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको दुई गोलसँगै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीमाथि फराकिलो जित निकालको छ । सिटीले घरेलु टोली बर्नलीमाथि ४–१ को सानदार जित हात पारेको हो ।

ट्रफ मुरमा सिटीको फराकिलो जितमा रोड्री र रियाद महारजेले समान १ गोल थपे । घरेलु टोलीका रोवर्ट ब्राडीले सान्त्वना गोल फर्काए ।
घरेलु टोलीलाई सुरुबाटै खेलमा दवावमा राखेको सिटीले खेलको २४औं मिनेटमा गोलको खाता खोलेको थियो । जेससले कप्तान डेभिड सिल्भाको पासमा गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको शुरुमै (५०) औं मिनेटमा जेससले नै बर्नाडो सिल्भाको पासमा व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गरे । ६८औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटी खेलमा सहजजिततर्फ अग्रसर बनेको थियो । ८७औं मिनेटमा बर्नाडो सिल्भाको पासमा रियाद महारेजले गोल गरेपछि सिटीले खेलमा ४–० को आरामदायी अग्रता बनाएको थियो । ८९औं मिनेटमा घरेलु टोलीका रोवर्टले गोल गरेपनि सिटी खेलमा ४–१ ले विजयी हुन सफल भयो ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी छोट्याएको छ । सिटी १५ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । नुज शीर्षस्थानको लिभरपुलको भन्दा ८ अंक कम हो । एक खेल कम खेलेको लिभरपुलको ४० अंक छ । एक खेल कम खेलेको लेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ । पराजित बर्नली १८ अंक जोडेर ११औं स्थानमा छ ।

मंगलबार राित नै क्रिस्टल प्यालेसले बर्नमाउथमाथि १–० को जित निकालेको छ । घरेलु टोली प्यालेस १० खेलाडीमा समेटिएपनि जित निकाल्न सफल भएको हो । क्रिस्टलका जेफ्रीले ७६औं मिनेटमा गोल गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.