एजेन्सी – बेल्जियन फरवार्ड डिभोक ओरिगीको दुई गोल सहयोगमा मार्सिसाइड डर्बी भिडन्तमा लिभरपुलले एभर्टनमाथि प्रभावशाली जित निकालेको छ । पहिलो हाफमै ६ गोल भएको खेलमा लिभरपुलले एभर्टमाथि ५–२ को सानदार जित निकालेको हो ।
एनफिल्डमा लिभरपुललाई जिताउन ओरिगीको दुई गोल सँगै जदरान साकिरी, साडियो माने र जर्जिन्हओ विजनल्डमले गोल गरे । एभर्टनका माइकल किन र रिचार्लीसनले गोल गरे । खेलको छैटौ मिनेटमा लिभरपुल डिभोक ओरिगीको गोलबाट अघि बढेको थियो । १७औं मिनेटका साकिरीले अग्रता दोब्बर पारे । २१औं मिनेटमा किनले एक गोल फर्काए ।
३१औं मिनेटमा ओरिगीले व्यत्तिगत दोस्रो गोल गर्दा लिभरपुलले खेलमा ३–१ को अग्रता बनायो । ४५औं मिनेटमा साडियो मानेले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएके तेस्रो मिनेटमा एभर्टनका रिचार्लीसनले एक गोल फर्काउदा खेल ४–२ को अवस्थामा पुगेको थियो । त्यसपछि ९०औं मिनेटम वाइनालडमले गोल गर्दै लिभरपुललाई ५–२ को प्रभावशाली जित दिलाए ।
जितसँगै अपराजित रहेको लिभरपुलले शीर्षस्थानलाई थप पकड बनाएको छ । लिभरपुलको १५ खेलबाट ४३ अंक पुगेको छ । यसक्रममा लिभरपुलले १४ जित तथा १ बराबरीको नतिजा निकालेको छ । पराजित एभर्टन १४ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।
यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई