default_image

4 years ago

December 5, 2019

लिभरपुल पछ्याउँदै लेस्टर सिटी

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता शीर्षस्थानको लिभरपुललाई पछ्याइरहेको छ । बुधबार राति वाटफोर्डमाथि २–० को जित निकाल्दै लेस्टरले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानको लिभरपुललाई पछ्याइरहेको हो । शीर्षस्थानको लिभरपुलको १५ खेलबाट ४३ अंक छ । समान खेलबाट लेस्टरको ३५ अंक छ । जुन ८ अंकको अन्तर हो । म्यानचेस्टर सिटीको समान […]

43 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता शीर्षस्थानको लिभरपुललाई पछ्याइरहेको छ । बुधबार राति वाटफोर्डमाथि २–० को जित निकाल्दै लेस्टरले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानको लिभरपुललाई पछ्याइरहेको हो ।

शीर्षस्थानको लिभरपुलको १५ खेलबाट ४३ अंक छ । समान खेलबाट लेस्टरको ३५ अंक छ । जुन ८ अंकको अन्तर हो । म्यानचेस्टर सिटीको समान खेलबाटै ३२ अंक छ । पराजित वाटफोर्ड ८ अंक जोडेर पुछारमा छ ।

किङ पावर स्टेडियममा घरेलु टोलीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले गोल गरे । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लेस्टरले दुई गोल गर्न सफल भएको थियो ।

५५औं मिनेटमा भार्डीले पेनाल्टीमार्फत गोल गरे । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाए । यस जितसँगै उपाधि दावेदारीमा सम्भावना राखेको लेस्टरका फरवार्ड जेमी भार्डीले लगातार ७ खेलमा गोल गरेका छन् ।

यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.