default_image

4 years ago

December 5, 2019

अब्राहम र मेसनको गोलमा चेल्सी विजयी

एजेन्सी – युवा खेलाडीद्धय ट्यामी अब्राहम र मेसन माउन्टको गोल सँगै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । भिल्लाका ट्रेजेग्वेटले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । खेलको २४औं मिनेटमा अब्राहमको गोलबाट घरेलु टोलीले […]

25 views

0 Bookmark

एजेन्सी – युवा खेलाडीद्धय ट्यामी अब्राहम र मेसन माउन्टको गोल सँगै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । भिल्लाका ट्रेजेग्वेटले एक गोल फर्काए ।

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । खेलको २४औं मिनेटमा अब्राहमको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । ४१औं मिनेटमा ट्रेजेग्वेटले बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफको शुरुमै चेल्सीले पुन खेलमा अग्रता बनाउन सफल भयो । अब्राहमको पासमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले पाहुना टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । तसँगै चेल्सीले शीर्ष चारमा बलियो पकड बनाएको छ ।

चेल्सीको १५ खेलबाट २९ अंक पुगेको छ । पराजित भिल्ला १५ अंकसहित १५औं स्थानमा छ । लिभरपुलको ४३, लेस्टरको ३५ र म्यानचेस्टर सिटीको ३२ अंक छ । प्रिमियर लिगको अन्य खेलमा वल्भ्सले वेस्ट ह्यामलाई २–० ले तथा साउथह्याम्पटनले नर्विच सिटीमाथि २–१ को जित निकालेको छ । वल्भ्स पाँचौ, वेस्ट ह्याम १३औं, साउथह्याम्पटन १७औं र नर्विच १९औं स्थानमा छ ।

यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.