default_image

4 years ago

December 6, 2019

आर्सनलको अर्काे हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सानलले खराव प्रदर्शनलाई निरन्तरता दिदा बिहीबार राति अर्काे हार बेहोरेको छ । आर्सनल घरेलु मैदानमै ब्राइटनसँग २–१ ले स्तब्ध बनेको हो । पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । यसक्रममा आर्सन्लले ३ हार तथा दुई बराबरीको नतिजा निकालेको छ । ब्राइटनका एडम र निल मोउपेले […]

52 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सानलले खराव प्रदर्शनलाई निरन्तरता दिदा बिहीबार राति अर्काे हार बेहोरेको छ । आर्सनल घरेलु मैदानमै ब्राइटनसँग २–१ ले स्तब्ध बनेको हो ।

पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । यसक्रममा आर्सन्लले ३ हार तथा दुई बराबरीको नतिजा निकालेको छ । ब्राइटनका एडम र निल मोउपेले गोल गरे । घरेलु टोलीका एलेसान्द्रे लाकाजेट्टीले एक गोल फर्काए । इमिरेट्स स्टेडियममा एडम वेब्सटेरले गोल गर्दा आर्सनल पहिलो हाफमा १–० ले पछि परेको थियो ।

५०औं मिनेटमा मेसुट ओजिलको पासमा लाकाजेट्टीले बराबरी गोल फर्काए । ६४औं मिनेटमा डेभिड लुइजले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ८०औं मिनेटमा निल मोउपेले गोल गर्दै पाहुना टोलीलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा आर्सनल घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।

हारसँगै आर्सनल १५ खेलबाट १९ अंक जोडेर १०औं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर १३औं स्थानमा छ ।

अर्काे खेलमा न्यु क्यासल युनाइटेडले सेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको छ । न्यु क्यासलका एलन सेन्ट म्याक्सिमिन र जोन्जो सेल्भेले गोल गरे । जितसँगै न्यु क्यासल १९ अंक जोडेर ११औं स्थानमा उक्लदा सेफिल्ड १९ अंकसहित नवौं स्थानमा यथावत छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.