default_image

4 years ago

December 8, 2019

मेस्सीको ह्याट्रिकमा बार्सिलोना विजयी

एजेन्सी – कप्तान लियोनेल मेस्सीले ह्याट्रिक प्रहार गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत शनिबार मायोर्कालाई पराजित गर्दै लिगको शीर्षस्थानमा फर्किएको छ । बार्सिलोनाले मायोर्कामाथि ५-२ को जित दर्ता गर्दा मेस्सीले ३ तथा लुइस सुआरेज र एन्टोइन ग्रिज्मनले १-१ गोल थपे । खेलको सातौं मिनेटमा बार्सिलोनाले ग्रिज्मनको गोलमा अग्रता लिएको थियो । गोलरक्षक मार्क […]

62 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले ह्याट्रिक प्रहार गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत शनिबार मायोर्कालाई पराजित गर्दै लिगको शीर्षस्थानमा फर्किएको छ ।

बार्सिलोनाले मायोर्कामाथि ५-२ को जित दर्ता गर्दा मेस्सीले ३ तथा लुइस सुआरेज र एन्टोइन ग्रिज्मनले १-१ गोल थपे । खेलको सातौं मिनेटमा बार्सिलोनाले ग्रिज्मनको गोलमा अग्रता लिएको थियो । गोलरक्षक मार्क आंदर टेर स्टेगनको लामो पासमा मायोर्काको डिफेन्सको गल्तिको फाइदा उठाउँदै उनले गोल गरेका थिए ।

मेस्सीले १७ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्र बाहिर बल नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । लगत्तै सुआरेजले सर्जी रोबर्टोको कटब्याक पासमा राम्रो प्रहार गरेपनि क्रसबार गोलको बाधक बन्यो । यद्यपि ३५ औं मिनेटमा साल्भा सेभिलाको क्रसमा अन्ते बुडिमिरले गोल गर्दै खेलमा मायोर्कालाई फर्काए ।

पहिलो हाफको अन्त्यतिर मेस्सीले बार्सिलोनाको २ गोलको अग्रता पुन: स्थापना गरे । उनले ४१ औं मिनेटमा उत्कृष्ट फिनिसको नमुना प्रस्तुत गर्दै विपक्षी गोलरक्षकलाई बचाउने कुनै मौका दिएनन् । लगत्तै सुआरेजले ब्याकहिलमा गोल गर्दै बार्सिलोनालाई ४-१ ले अगाडी बढाए ।

दोस्रो हाफमा पनि बार्सिलोनाले एकपक्षी दवाव कायम राख्यो । यसबीच काउन्टर अट्याकमा मायोर्काले बुडिमिरबाट नै अर्को गोल फर्कायो । तर मेस्सीले खेलको ७ मिनेट बाँकी रहँदा आफ्नो ह्याट्रिक पूरा गर्दै जित पक्का गरे ।

यस जितसँगै बार्सिलोनाले १५ खेलमा ३४ अंकसहित शीर्षस्थान कब्जा गरेको छ । समान खेलमा समान अंक बोकेको रियल म्याड्रिड गोलअन्तरले पछाडी रहेको छ । सेभिल्लाको १५ खेलमा ३० तथा रियल सोसिडाड र एथलेटिक बिल्बाओको २६ अंक छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.