default_image

4 years ago

December 8, 2019

रोनाल्डोको गोल तर युभेन्टस पराजित

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टसले इटालियन सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको छ । सिजनको पहिलो हार बेहोर्ने क्रममा १० खेलाडीमा समेटिएको युभेन्टस घरेलु टोली लाजियोसँग ३–१ ले स्तब्ध बनेको हो । स्टेडियो ओलम्पिको रोमामा शनिबार राति भएको खेलमा युभेन्टसलाई स्तब्ध बनाउन लुइज फिलिपे, सेरगेज मिलिन्किोभिक साभिक र फिलिपे काइसेडोले गोल गरे […]

51 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टसले इटालियन सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको छ । सिजनको पहिलो हार बेहोर्ने क्रममा १० खेलाडीमा समेटिएको युभेन्टस घरेलु टोली लाजियोसँग ३–१ ले स्तब्ध बनेको हो ।

स्टेडियो ओलम्पिको रोमामा शनिबार राति भएको खेलमा युभेन्टसलाई स्तब्ध बनाउन लुइज फिलिपे, सेरगेज मिलिन्किोभिक साभिक र फिलिपे काइसेडोले गोल गरे । सुपर स्टार फरवार्ड रोनाल्डोले गरेको गोल सान्त्वना गोल बन्यो ।

खेलको २५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट खेलमा युभेन्टसले खेलमा अग्रता बनाएको थियो । रोनाल्डोले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । पहिलो हाफका इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस अबलेर्टाेको पासमा लुइस फिलिपेले बराबरी गोल फर्काए ।

६८औं मिनेटमा युभेन्टस १० खेलाडीमा समेटिएको फाइदा घरेलु टोली लाजियोले उठायो । जुआन क्वाडराडो भिएआरको सहायतामा सिधै रातो कार्ड खादै मैद्यानबाट बाहिरिएका थिए । त्यसपछि युभेन्टस समस्यामा परेको थियो । ७४औं मिनेटमा सेरगेज मिलिन्कोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाए । ७९औं मिनेटमा सिरो इमोबाइल पेनाल्टीमा चुके । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा फिलिपे काइसेडोले गोल गर्दै युभेन्टसलाई ३–१ ले स्तब्ध बनाए ।

हारसँगै युभेन्टसले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । युभेन्टसको १५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको इन्टर मिलानको ३८ अंक छ । लाजियो ३३ अंकसहित तेस्रो स्थानमा छ ।

सिरी ‘ए’ मा शनिार राति इन्टर मिलानले रोमासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । यस्तै नेपोली उडिनेसीसँग १–१ गोलको बराबरीमा रोकिदा एटलान्टाले हेलास भेरोनामाथि ३–२ को जित निकालेको थियो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.